प्रथम हिरा डाँगी स्मृति कप फूटबल प्रतियोगिता हुने
दाङको तुलसीपुरमा प्रथम हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजना संचालन हुने प्रतियोगिता आउदो चैत्र २५ गतेदेखि तुलसीपुर ५ अरनिको खेल मैदानमा सुरु हुनेछ । स्थानिय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको बिकासमा थप टेवा पुर्याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।
२०७६ साल चैत ३ गतेका दिन एक समुहले हतियारले आक्रमण गर्दा ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डागीको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हिरा डागी फाउन्डेसनका अध्यक्ष प्रकाश डागी ले जानकारी दिएका छन्। प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ६५ हजार मेडल, प्रमाणपत्र हात पार्नेछन । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडीलाई पुरस्कृत गरिने प्रतियोगिताका मुल आयोजक समितिका संयोजक भुपेश डागी ले जानकारी दिएका छन।
- सल्यान त्रिबेणीका स्वास्थ्यकर्मीले लिए आधारभुत क्षमता अभिबृद्धि गर्ने तालिम
- कोरोना संक्रमणबाट सल्यानका एक जनाको भारतमा मृत्यु
- कालिज पालनबाट मनग्य आम्दानी गर्दै सल्यानका : मंगल सिंह
- त्रिबेणी गाउँपालिकामा स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गर्न तालिम सुरु
- त्रिबेणी गाउँपालिकाको आयोजनामा नि:शुल्क पशु स्वास्थ्य शिविर टोट्केमा सम्पन्न
- त्रिबेणी गाउँपालिकाकोे सार्वजनिक सुनुवाई वडा नं ६ लुहाममा सम्पन्न