प्रथम हिरा डाँगी स्मृति कप फूटबल प्रतियोगिता हुने
दाङको तुलसीपुरमा प्रथम हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजना संचालन हुने प्रतियोगिता आउदो चैत्र २५ गतेदेखि तुलसीपुर ५ अरनिको खेल मैदानमा सुरु हुनेछ । स्थानिय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको बिकासमा थप टेवा पुर्याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।
२०७६ साल चैत ३ गतेका दिन एक समुहले हतियारले आक्रमण गर्दा ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डागीको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हिरा डागी फाउन्डेसनका अध्यक्ष प्रकाश डागी ले जानकारी दिएका छन्। प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ६५ हजार मेडल, प्रमाणपत्र हात पार्नेछन । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडीलाई पुरस्कृत गरिने प्रतियोगिताका मुल आयोजक समितिका संयोजक भुपेश डागी ले जानकारी दिएका छन।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






