त्रिबेणीका कृषकको उत्पादनलाई गाउँपालिकाको ५ लाख ६२ हजार अनुदान
ल्यानको त्रिबेणी गाउँपालिकाले कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत ८२ जना कृषकको उत्पादनमा ५ लाख ६२ हजार ५७ रुपैया अनुदान दिएको छ । कार्यक्रममा दूध उत्पादन तर्फ २३ जनालाई २ लाख ५६ हजार २ सय ९५ रुपैया खसी बोका उत्पादन तर्फ ५७ जनालाई २ लाख ३९ हजार ९ सय रुपैया अण्डा उत्पादन तर्फ २ जनालाई ६६ हजार ७ सय ६२ रुपैया अनुदान रकम बितरण गरेको छ ।

जसमध्ये दूध उत्पादन तर्फ कृष्ण कुमार रेउलेले सबै भन्दा बढी दश हजार ७ सय १७ लि. दूध उत्पादन गरि रु ५३ हजार ५ सय ८५ रुपैया, खसी बोका उत्पादन तर्फ खोपिराम भण्डारीले ६० खसी बोका उत्पादन गरि रु तिस हजार रुपैया र अन्डा उत्पादन तर्फ दिपमाला तुलाधरले एक लाख १९ हजार अन्डा उत्पादन गरि ५९ हजार ६ सय ६५ रुपैया अनुदान प्रदान गरिएको छ । अनुदान बितरण कार्याक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर डागी, ३ नम्बर वडाअध्यक्ष हुकुम प्रसाद महतारा, ४ नम्बर वडाअध्यक्ष छबिराज शर्मा, ६ नम्बर वडा अध्यक्ष मान बहादुर ओलि उपस्थीति रहेको कार्यक्रमको संचालन पशु शाखा प्रमुख वसन्त रावतले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस ।
त्रिबेणीका ४ कृषकलाई गाउपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह