त्रिबेणीका ४ कृषकलाई गाउपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

   
त्रिवेणी अनलाइन
१७ असार २०७७, बुधबार १२:०२ मा

सल्यानको त्रिवेणाी गाउँपालिकाले उत्कृष्ट चार कृषकलाई पुस्कार प्रदान गर्नुका साथै सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार वितरण तथा सम्मानबाट चार जना कृषकलाई सम्मान गरेको हो ।

Image may contain: 4 people

गाउँपालिकाले सर्वोकृष्ट कृषकको रुपमा वडा न ४ फलावाङका मौरीपालक किसान जीत बहादुर बुढा सम्मानित भएका छन् । उनलाई ५० हजार नगद सहित सम्मान गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख बसन्त रावतले बताए ।

Image may contain: 5 people, people standing

यस्तै उत्कृष्ट कृषकको रुपमा त्रिवेणी ६ का गाइपालक कृष्ण बहादुर रेउले, वडा न ६ का कुखुरा पालक विरेन्द्र श्रेष्ठ र तरकारी खेती गर्दै आएका त्रिवेणी १ का छविलाल बुढाथोकी सम्मानित भएको रावतको भनाई छ । तीनै जनालाई २० हजार नगद सहित सम्मान गरिएको उनले बताए ।

पशु तर्फ १९ र कृषि तर्फ ३ जनाको प्रस्तावना परेकोमा अनुगमन तथा दापदण्डका आधारमा चार कृषकलाई सम्मान गरिएको रावतको भनाई छ ।

तपाइँको प्रतिक्रिया
Array