सुत्केरी व्याथाले च्यापेकी महिलाको सिम्रिकले गर्यो उद्दार
जगदुल्ला गाउँपालिका ५ की २७ वर्षीया रत्ना बोहोरा धरालाको लामो प्रशव व्यथा पछि बच्चा जन्मन नसक्दा उनलाई गाउँपालिकाको स्वास्थ्य चौकीबाट बाहिर लानुपर्ने सल्लाह दिएको रिमी स्वास्थ्यचौकी इन्चार्ज स्वस्तीका बोहोराले जानकारी दिइन्।
बिरामीको अवस्था कम्जोर हुनुका साथै बच्चाको हात मात्रै बाहिर निष्केकाले जिल्ला अस्पतालसम्म लैजाने अवस्था नभए पछि तत्काल प्रदेश सरकारलाई अनुरोध गरी हेलीकोप्टरबाट उद्धार गरिएको स्वास्थ्यचौकीले जनाएको छ।
गाउँपालिकाबाट बिरामीलाई जिल्ला अस्पतालसम्म ल्याउन ३१ कोष अर्थात् दुई दिनको पैदल यात्रा लाग्छ।उद्दारका लागि केन्द्र सरकारसँग सम्न्वय गरी सामाजिक विकासमन्त्री दल रावले हेलिकोप्टर पठाएको मन्त्री रावलका स्वकीय सचिव नन्दबहादुर रोकायले जानकारी दिए।
खबर पाउने वित्तिकै जिल्लाबाट मन्त्रालय र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा अनुरोधका साथै सबै प्रक्रिया तत्काल बढाइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।
गाउँपालिकामा प्रसूतिगृह भएपनि चाहिने जनशक्ति र उपकरणको अभावका कारण सुत्करीलाई जिल्ला बाहिर हेलिकोप्टरबाटै पठाउनु पर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष नारासिँह रोकायाले बताए। सबैको पहलमा बुहारीलाई उपचार गर्ने वातावरण मिलाइदिएकोमा ससूरा सिद्धिमान बोहोराले धन्यबाद दिए।
यसका साथै काईके गाउँपालिका ७ की शुसीला बिक पनि तीन दिनदेखि प्रसूति पीडामै छटपटाइ रहेकी छिन्। उनको पनि उद्धारका लागि पहल गरिसकेको र आज नभएपनि भोलीसम्म उद्दार हुने प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।
पछिल्लो दुई महिनामा तीनजना महिलाको हेलिकोप्टरबाट उद्धार भइसकेको छ। डोल्पाकामा एक मात्रै अस्पताल हुनु र एक गाउँबाट जिल्ला अस्पतालसम्म आउन हप्ता दिनसम्म लाग्ने भएकाले पनि हेलिकोप्टरको विकल्प छैन।
]]>- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






