राष्ट्रपतिले 'मेरो सरकार' भन्दा सामाजिक संजालमा आक्रोश !
राष्ट्रपति प्रस्तुत हुने शैलीले राजतन्त्रको झल्को दिएको समेत कतिपयले सामाजिक संजालमा टिप्पणी गरेका छन्। ‘जनताको सरकार हो कि राष्ट्रपतlको? हरे, के चलन पुनरावृत्त गर्या हो’ रामेश्वर खनाल राष्ट्रपतिको सम्बोधनलाई संज्ञा गर्दै ट्विटरमा लेखेका छन्।
यो सार्वभौम नेपाली जनताको सरकार हो कि राष्ट्रपतीको? हरे, के चलन पुनरावृत्त गर्या हो !— Rameshore Khanal (@rameshore) May 3, 2019
त्यस्तै कांग्रेस नेता गगन थापाले ट्विटरमा लेखेका छन्,’म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। प्रधानमन्त्रीज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?’
म त नेपाल सरकारको ( जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?— Gagan Thapa (@thapagk) May 3, 2019
चिरन्जिवी पौडेलले आफ्नो फेसबुकमा लेखेका छन्,’राजतन्त्रकालमा ‘श्री ५ को सरकार’ भनिन्थ्यो। त्यसैले राजा अर्थात् श्री ५ ले ‘मेरो सरकार’ भन्ने गर्थे। गणतन्त्र आएपछि ‘श्री ५ को सरकार’ बाट नेपाल सरकार भयो। यसलाई ‘मेरो सरकार’ भन्ने हक राष्ट्रपतिलाई नहुनुपर्ने हो।’
त्यस्तै पुरुसोत्तम सुवेदीले पनि ट्विटरमा राष्ट्रपतिको प्रस्तुतिमा आपत्ति जनाएका छन्। उनले लेखेका छन्,’श्री ५ को सरकार बदलिएर नेपाल सरकार भएको हो, राष्ट्रपतिको सरकार होइन। श्री ५ ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अन्यथा थिएन, राष्ट्रपतिले भनेको चाहिँ मिलेन।’
‘१४ वर्षअघि लडेर फालेको राजतन्त्र सरकारको नीति तथा कार्यक्रममार्फत पुनर्बहाली भएछ। सन्दर्भ राष्ट्रपतिको सम्बोधन:मेरो सरकार’ बीएन अधिकारीले फेसबुकमा लेखेका छन्।
]]>- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







