मेस्सीले ४ गोल गर्दा बार्सिलोनाको सानदार जित
एजेन्सी – कप्तान लियोनेल मेस्सीले ४ गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले एइबारमाथि ५-० को फराकिलो जित निकालेको छ ।

मेस्सीले पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेका थिए । उनले खेलको १४ औं मिनेटमा इभान राकिटिचको पासमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । ३७ औं मिनेटमा आर्टुुुरो भिडालको पासमा मेस्सीले अग्रता दोब्बर पारे । लगत्तै ४० औं मिनेटमा मेेेेस्सीलेे नै बार्सिलोनालाई ३-० ले अगाडी बढाए ।
दोस्रो हाफको ८७ औं मिनेटमा डेब्यु गरिरहेका मार्टिन ब्रेेथवेटको पासमा मेस्सीले चौथो गोल गरे । त्यसको दुई मिनेटपछि आर्थरले गोल गर्दै ५-० को जित पक्का गरे ।
यस जितसँगै बार्सिलोनाले २५ खेलमा ५५ अंक जोडेको छ । रियल २४ खेलमा ५३ अंकसहित दोस्रो स्थानमा छ । रियलले आज नै लेभान्तेसँग खेल्नेछ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
धेरैले पढेको