बिग ब्याश लिग : सन्दीपले लिए एकै ओभरमा दुई विकेट
बिग ब्याश क्रिकेट लिगमा मेलबर्न स्टारबाट खेलिरहेका नेपाली बलर सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् ।
उनले व्यक्तिगत तेस्रो ओभर मेडन राख्दै २ विकेट लिएका हुन् ।
टिमको सातौँ तथा व्यक्तिगत पहिलो ओभर लिएर आएका उनले मात्र तीन रन दिए । जसमा उनले पहिलो बलमा एक रन दिए भने दोस्रो बलमा पनि एक रन खर्चिए । तेस्रो बल डट गरेका उनले चौथो बलमा मात्र एक रन दिए । त्यसपछि पाँचौ र छैटौँ बल उनले डट फाले ।
त्यसपछि दोस्रो ओभरमा पनि उनले कसिलो बलिङ गर्दै मात्र चार रन खर्चिए । जसमा उनको बलिङमा मार्कस स्टोइनिसले बनक्रोफ्टको विकेट ड्रप गरेका थिए ।
पहिलो बल डट फालेका सन्दीपले दोस्रो बलमा एक रन दिए । तेस्रो बल पनि डट फालेका उनले चौथो बलमा एक रन दिए । पाँचौँ बलमा ब्याँक्रफ्टलाई डीप कभरमा स्टोनीसले ड्रप गरे । छैटौ बलमा सन्दिपले एक रन खर्चिए ।
पर्थ स्कर्चर्सले मेलबर्न स्टार्सलाई दियाे ८७ रनकाे झिनाे लक्ष्य
बिग ब्याश लिगमा सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले पर्थ स्कर्चर्सबाट जम्मा ८७ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको पर्थ १३.५ ओभरमा ८६ रन बनाउँदै अल आउट भयो । पर्थविरुद्ध मेलबर्नबाट खेलिरहेका सन्दीपले उत्कृष्ट बलिङ गरे । ३ ओभर मात्रै बलिङ गरेका सन्दीपले ७ रन खर्चिएर २ विकेट हात पारे ।
व्यक्तिगत पहिलो ओभरमा ३ तथा दोस्रो ओभरमा ४ रन खर्चिएका सन्दीपले तेस्रो ओभर मेडन राख्दै २ विकेट हात पारे । लगातार २ विकेट लिएपछि पर्थ दबाबमा परेको थियो । १० रन हुँदा पहिलो विकेट गुमाएको पर्थका लागि लियम लिभिङस्टोन ४ रन बनाएर आउट भए । क्यामरुन ग्रीन पनि ४ रन बनाएर रन आउट भएपछि पर्थले ३९ रन हुँदा दोस्रो विकेट गुमाएको थियो ।


ओपनिङमा आएका जोस इंग्लिसले आक्रामक ब्याटिङ गर्दै १९ बलमा ३७ रन जोडेका बेला आउट भएपछि पर्थको टिम दबाबमा परेको थियो । टिमको स्कोर ५८ रन भएका बेला चौथो विकेटको रुपमा पर्थले कप्तान मिचेल मार्शलाई गुमायो । मार्स ७ रनमा पेभेलियन फर्किएका थिए । टिम डेभिड पनि ३ रन बनाएर आउट हुँदा पर्थले पाँचौँ विकेट खेर फाल्यो । ६८ रन हुँदा जारोन मोर्गान १ रन बनाएर आउट भए ।
टिमको स्कोर ७६ रन हुँदा क्यामरुन बेन क्रफ्ट रनआउटको स्कार भए । त्यसपछि टिमलाई सन्दीपले आठौँ र नवौँ सफलता दिलाए । टिमको १२.३ ओभरमा क्रिस जोर्डनलाई क्याच आउट गराएका सन्दीपले अर्को बलमान जेई रिचर्डसनलाई पेभेलियन पठाए । १० औँ विकेट भने पर्थले टिमको स्कोर ८६ रन हुँदा फवाद अहमदको रुपमा गुमाएको थियो ।
मेलबर्नका लागि ज्याक्सन कोलमनले ३ विकेट लिँदा सन्दीपले २ विकेट हात पारे ।
Ujayaalo Online
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न