दोस्रो अध्यक्ष्य कपको उपाधी ने.रा.मा.बि. फलाबाङलाई

   
त्रिवेणी अनलाइन
७ मंसिर २०७६, शनिबार १६:२३ मा
[Sassy_Social_Share total_shares="ON"]

त्रिबेणी गाउँपालिका सल्यानको आयोजनामा सञ्चालन भएको दोस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता शुत्रबार समापन भएको छ । गाउँपालिका अध्यक्ष मान बहादुर डांगीको अध्यक्षतामा प्रतियोगिताको समापन भएको हो ।
स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको समापन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष डांगीले लुकेर बसेका खेलाडीहरुको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिताहरुले थप हौसला प्रदान गर्ने बताएका थिए ।
कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख प्रभात कुुमार श्रेष्ठले गर्नुभएको थियो । । ३ दिनसम्म चलेको प्रतियोगितामा खुल्ला भलिबल तर्फ वडा नं ३ प्रथम, वडा नं २ द्धितिय र वडा नं ४ तृतिय भएका थिए ।
यस्तैगरि ने.रा.मा.वि. फलाबाङले १२ स्वर्ण, ८ रजत, १३ काश्य
पदक सहित दोस्रो अध्यक्ष कपको उपाधी आफ्नो पोल्टामा पारेको छ । जनता मा.वि. काभ्रा ले ९ स्वर्ण १० रजत र ८ काश्य पदक सहित दोस्रो स्थान हासिल गरेको छ भने सल्यान पब्लीक स्कुलले ८ स्वर्ण ५ रजत ५ काश्य सहित तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई नगद, प्रमाणपत्र र सिल्ड प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu