दोस्रो अध्यक्ष्य कपको उपाधी ने.रा.मा.बि. फलाबाङलाई
त्रिबेणी गाउँपालिका सल्यानको आयोजनामा सञ्चालन भएको दोस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता शुत्रबार समापन भएको छ । गाउँपालिका अध्यक्ष मान बहादुर डांगीको अध्यक्षतामा प्रतियोगिताको समापन भएको हो ।
स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको समापन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष डांगीले लुकेर बसेका खेलाडीहरुको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिताहरुले थप हौसला प्रदान गर्ने बताएका थिए ।
कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख प्रभात कुुमार श्रेष्ठले गर्नुभएको थियो । । ३ दिनसम्म चलेको प्रतियोगितामा खुल्ला भलिबल तर्फ वडा नं ३ प्रथम, वडा नं २ द्धितिय र वडा नं ४ तृतिय भएका थिए ।
यस्तैगरि ने.रा.मा.वि. फलाबाङले १२ स्वर्ण, ८ रजत, १३ काश्य
पदक सहित दोस्रो अध्यक्ष कपको उपाधी आफ्नो पोल्टामा पारेको छ । जनता मा.वि. काभ्रा ले ९ स्वर्ण १० रजत र ८ काश्य पदक सहित दोस्रो स्थान हासिल गरेको छ भने सल्यान पब्लीक स्कुलले ८ स्वर्ण ५ रजत ५ काश्य सहित तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई नगद, प्रमाणपत्र र सिल्ड प्रदान गरिएको थियो ।





- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






