सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त
काठमाण्डाै – सरकारले सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकाे छ । मन्त्रिपरिषद्काे आइतबारकाे बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेकाे हाे ।
मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नु भएकाे हाे । संविधानकाे धारा १६५ काे उपधारा १ (ख) बमाेजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएकाे हाे ।
प्रदेश १ प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश ५ प्रमुख उमाकान्त झा, कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका हुन् ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।


तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- राष्ट्रिय सभा सदस्य उदय बोहराको वडामा नेकपा एकीकृत समाजवादी पराजित
- नवनिर्वाचित जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण
- सल्यानमा चुनाव प्रचारप्रसारमा हिडेको गाडीको छतबाट खसेर एकजनाको मृत्युु
- त्रिवेणी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार खिम बहादुर रावतद्धारा प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक
- मेयरका उम्मेदवार प्रकाश भण्डारीको घोषणा सहितको प्रतिबद्धता पत्र सार्वजनिक । यस्ता छन बुदाहरु
- २७ बर्षे युवति, जस्लाई काँग्रेसले बनायो गाउँपालिका उपाध्यक्षको उम्मेदारी
धेरैले पढेको