जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठी खलंगामा शुरु

   
त्रिवेणी अनलाइन
५ कार्तिक २०७६, मंगलवार १९:२४ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यानका सम्पूर्ण स्थानिय तह तथा जिल्ला स्थित बिकास संग सम्बन्धीत कार्यालयहरुको बार्षिक समिक्षा गोष्ठी आज देखी सल्यानको खलंगामा शुरु भएको छ । जिल्ला समन्वय समिती सल्यानको आयोजनामा दोस्रो जिल्ला सभा तथा दोस्रो बार्षिक समिक्षा गोष्ठी शुरु भएको हो । जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पूर्वसामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले संघियता पछि देशमा बिकास निर्माणका कामले तिव्रता पाउन थालेको बताउनुभएको छ ।

बिगतमा जिल्लामा केन्द्र सरकारबाट ५÷७ लाखका योजना आउदाँ बिकास निर्माणमा ढिलासुस्ती भएको बताउदैँ उहाँले देश संघियतामा गएसँगै जिल्लामा बजेटको ओईरो लागेको बताउनुभयो । सल्यानबाट निर्बाचित प्रतिनिधि सभा सदस्य समेत रहेका बस्नेतले जिल्ला भरमा बिद्युक्त बिस्तारको लागी केन्द्र सरकारले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहले जिल्लाबाट निर्बाचित जनप्रतिनिधिका बीचमा आपसी समझदारी नहुदाँ समस्या भएको बताउनुभयो । जनप्रतिनिधिहरु प्रति जनताका धेरै आसाहरु भएकाले आन्तरिक किचलो भन्दा पनि समृद्ध सल्यान निर्माणको शंकल्प सहित अगाडी बढ्न सुझाव दिनुभयो ।

यस्तै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले समृद्ध सल्यान निर्माणको लागी तीनै तहका सरकारका बीचमा सहकार्य आबश्यक रहेको बताउनुभयो । उहाँले बिकास योजनामा दोहोरोपना भएमा समस्या हुने भएकाले अहिले प्रदेश सरकारले समाणिकरण, समपुरक, ससर्त लगाएत गरेर स्थानिय तहहरुमा बजेट केन्द्रित गरेको बताउनुभयो ।

यस्तै संबिधानसभा सदस्य उमाकान्त शर्माले देशमा संघियताको नयाँ अभ्यास भएकाले कार्यान्वयनमा केही समस्या भएको बताउनुभयो । यस्तै संबिधान सभा सदस्य धिरेन्द्र कुमार श्रेष्ठले अहिले संघीयता संक्रमण कालिन अबस्थामा रहेकाले संघीयता प्रती नकारात्मक टिकाटिप्पणीहरु आईरहेको बताउनु भयो । यस्तै पुर्ब बिधायक टीका बुढाथोकीले बिगतमा बिकास मात्रै खोज्ने गरिए पनि अहिले भने बिकास मात्रै नभइ यसले प्रदान गर्ने प्रतिफल महत्वपूर्ण भएको बताउनुभयो ।

यस्तै बन्गाड कुपिन्डे नगरपालिका प्रमुख गोबिन्द कुमार पुनले अहिले संघीयतालाई कमजोर बनाउने काम भैरहेको बताउनुभयो । उहाले संबिधानमा स्थानीय तहलाई छुट्टै अधिकार प्रदान गरे पनि विभिन्न क्षेत्रबाट हेपिएको बताउनुभयो । यस्तै त्रिबेणि गाउपालिका अध्यक्ष मानबहादुर डाँगीले स्थानीय तहको काम कर्तव्य र अधिकारका विषयमा संबिधानमा स्पष्ट ब्यबस्था नहुदा अलमलमा परेको बताउनुभयो । उहाँले देश संघीयतामा गएको सन्दर्भमा कुन सरकारको काम के भन्ने बारेमा स्पष्ट नहुदा समस्या भएको बताउनुभयो ।

यस्तै शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतले अधिकार प्राप्त गर्ने सन्दर्भमा स्थानीय तहमा केही समस्या भएको बताउनुभयो । कानुनी सल्लाहकार नहुदा न्याय सम्पादनमा समस्या भएको बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले बार्षिक समिक्षा गर्दा जिल्लामा संचालन भएका कार्यक्रमबाट प्राप्त नतिजा, यसले प्रदान गर्ने परिणाममा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै सिद्धकुमाख गाउपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले केही कानुनी ब्यबधानका कारण काम गर्न समस्या भएको बताउनुभयो । यस्तै गैरसरकारी संस्था महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डिसीले जिल्लामा नागरिक समाज प्रतिको हेराई र बुझाई फरक भएको बताउनुभयो । यस्तै उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष वीर बहादुर चलाउनेले जिल्लाका स्थानीय सरकारहरु कर उठाउनमा मात्रै केन्द्रित भएको बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक ईच्छुक शर्माले जनप्रतिनिधिका बिचमा आपसी तालमेल गर्न आबश्यक रहेकोमा जोड दिनुभयो ।

जिल्ला समन्वय समितीका उपप्रमुख हरि प्रकाश बुढाथोकीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पूर्ण बहादुर वलीले गर्नुभएको थियो । कार्यक्रममा दश वटै स्थानिय तहका प्रमुख तथा उपप्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu