शुरु हुँदैछ मौसमी रुघाखोकी, समयमै यसरी बच्नुस्
गर्मी मौसमको सकिएर विस्तारै जाडो मौसम शुरु हुँदैछ । मौसम परिवर्तनको समयमा धेरैलाई रुघाखोकी र ज्वरोले सताउने गर्छ । जसलाई चिकित्सकहरुले सिजनल एन्फ्लुएन्जा अर्था मौसमी रुघाखोकी समेत भन्छन् ।
मौसम परिवर्तनका समयमा मानिसहरुमा सिजनल एन्फ्लुएन्जाको समस्या देखिन सक्छ । यस्तो अवस्थामा तपाईले आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुपर्ने हुन्छ ।
रुघाखोकीको समस्या देख्दा समान्य लागेपनि रुघाखोकी र ज्वरोका कारण तपाईको दैनिकीलाई प्रभाव पार्न सक्छ । त्यसैले सकेसम्म मौसमी रुघाखोकी लाग्न नदिन समयमै समेत हुनुपर्छ ।
मौसमी रुघाखोकीको लक्षण
–ज्वरो आउने,
–टाउको दुख्ने,
–घाँटी दुख्ने,
–रुघाखोकी लाग्ने,
–बालबालिकालाई झाडापखाला हुने,
–श्वास फेर्न गाह्रो हुने ।
मौसमी रुघाखोकीबाट कसरी बच्ने ?
–खोक्दा, हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले नाक मुख छोप्ने,
–पोषिलो खानेकुरा खाने,
–भिडभाड भएको ठाउँमा नजाने,
–ज्वरो रुघाखोकी लागेको बिरामीले हावा पस्ने कोठामा आराम गर्ने,
–मौसमी रुघाखोकीका बिरामीबाट टाढै बस्ने,
–नाक, मुख आँमामा अनावस्यक रुपमा हात नलैजाने,
–कुनै व्यक्तिसँग भेट हुँदा नमस्कार गर्ने सकेसम्म हात नमिलाउने,
–रुमाल,कपडा वा तौलिया सामुहिक प्रयोग नगर्ने,
–कुनै वस्तु छोएपछि, सौचालय गएपछि तथा खाना खानुअघि राम्रोसँग सावुन वा खरानी पानीले हात धुने,
–नाक, मुख छोप्दा प्रयोग भएका रुमाल तथा तौलिया राम्ररी धोएरमा पुन प्रयोग गर्ने,
–रुघाखोकी लागेको समयमा तातो र झोलिलो खाना खाने,
–घरेलु उपचारबाट र आराम गर्दा समेत निको नभएमा चिकित्सकको सल्लाह लिएर औषधि सेवन गर्ने ।
- Coronavirus disease 2019
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न







