कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

२८ आश्विन २०७६, मंगलवार १६:५४ मा प्रकाशित

२८ असोज, काठमाडौं । महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३  दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलासले महराविरुद्ध अनुसन्धानका लागि १३ दिन म्याद दिएको हो 

महरा १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए । तर, अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन ।

त्यसैले आजसम्मका १० दिनका पनि जोडिने गरी म्याद थप भएको छ ।


त्यसपछि अदालतले धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये कुनै एक निर्णय गर्नेछ ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu