सल्यान अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली
सरकारी अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको सुरुवात गरिएको छ । सल्यान जिल्ला अस्पतालमा पहिलो पटक इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको सुरुवात गरिएको हो ।
स्वास्थ्य तथ्याङ्क गुणस्तरीय बनाउन, स्वास्थ्य संस्थामा बिरामी प्रवेश गरेदेखि उपचार हुँदा र बाहिरिँदासम्मको अवस्थालाई सफ्टवेयरको सहयोगमा सुरक्षित राख्न र बिरामीको सुरुवाती अवस्थादेखि उपचारसम्मको प्रक्रियालाई जस्ताको त्यस्तै इन्ट्री गर्न इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको सुरुवात गरिएको निक साइमन इन्टिच्युट कर्णाली प्रदेश प्रमुख जर्नादन पाठकले बताए ।
उनले भने ‘पुराना विरामी पुनः उपचारमा आउने बिरामीहरुको ब्यबस्थापन गर्न अपूर्ण मेडिकल रेकर्डसिटका भरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई चुनौति हुन्छ त्यसमने लागि यो निकै राम्रो छ ।’
जोखिमपूर्ण बिरामीहरुको यथासंभव छिटो अवस्था पहिचान गरी रोगको निदान ,गुणस्तरीय मेडिकल रेकर्डले बिरामीको बिगतको उपचार गर्दाको स्थिती जस्ताको त्यस्तै उपलब्ध गराउँने उनको भनाई छ ।
स्वास्थ्य संस्थाले रोगको वार्षिक ब्यबस्थापन योजना बनाउन, प्रत्येक रोगको स्वास्थ्य संस्थामा उपचार ब्यबस्थापन गर्न, आवश्यक मेसिन उपकरण औजारहरुको ब्यबस्थापन गर्न, र अस्पतालमा गरिएका सेवाहरुको मासिक प्रतिबेदन तयार गर्न इएमआर निकै फलदायी हुने सल्यान जिल्ला अस्पतालका डा. प्रदिप शर्माले बताए ।
उनले भने ‘पेपरबेसमा आधारित मेडिकल रेकर्डिङ प्रणालीका धेरै सिमाहरु भएको हुँदा स्वास्थ्य तथ्याङ्कको गुणस्तरका लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड जरुरी हुन्छ ।’
इएमआर प्रणालीको विकासले बिरामीको आर्थिक भार कम हुनुका साथै डाक्टरको समयको पनि बचत हुने डा. प्रदिप शर्माको भनाई छ ।
पटक पटक परीक्षण गराउँदा रेडियसन वा यस्तै हानिकारण तत्वले शरीरमा हानी पुर्याउनु भएकाले इएमआर प्रणालीले यसको अन्त्य गर्ने शर्माको भनाई छ । निक साइमन्स इन्टिच्युटको करिब ४० लाख र कोजेनको झन्डै ६०लाख गरी एक करोडको लगानी रहेको छ ।
- समाजका लागि काम गर्नुपर्छ जन्मप्रति पश्चाताप हैन: अध्यक्ष रावत
- सल्यानको त्रिवेणीमा वडामै योजना सम्झौता
- सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु
- तुल्सी अस्पतालको आयोजनामा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न : २ सयले लिए सेवा
- त्रिवेणीको काभ्रामा निशुल्क प्राथमिक कान उपचार स्वास्थ्य शिविर सम्पन्न १ सय ५५ सेवाग्राहिले लिए सेवा ।
- सल्यानमा कराँते प्रतियोगिता सुरु, १४० खेलाडीले प्रतिस्पर्धा गर्ने