शारदा नगरपालिकाद्वारा २० वटा बिद्यालयलाई ल्याप्टप वितरण
शारदा नगरपालिका सल्यानले शिक्षण सिकाईलाई सहज र प्रविधिमैत्री बनाउनका लागि बिद्यालयलाई ल्याप्टप वितरण गरेको छ । एक द्यिालय एक ल्याप्टप कार्यक्रम अनुसार नगरपालिकाले २० वटा बिद्यालयलाई ल्याप्टप वितरण गरेको हो ।
ल्याप्टप वितरण गरिएका २० वटा विद्यालयमा कार्यरत २० जना शिक्षकलाई शारदा नगरपालिकाका नगरप्रमुख शुरेस अधिकारीले एक कार्यक्रमका बिच ल्याप्टप बितरण गरेेेका हुन ।
नगरपालिका भित्र रहेका निमाबि ५ वटा र १५ वटा प्राबि तहका बिद्यालयलाई ल्याप्टप वितरण गरिएको शारदा नगरपालिका शिक्षा शाखा अधिकृत संगिता बुढाले बताइन ।
शारदा नगरपालिकाको आर्थिक वर्ष २०७७/७८बाट बिनियोजित बजेट बाट नै बिद्यालयलाई ल्याप्टप वितरण गरिएको उनको भनाइ छ ।
बिद्यालयको तथ्याङक संकलन गर्ने, कोरोनाको बेला पनि बिद्यालय बन्द भएको समयमा सिकाई निरन्तरता दिनको लागि ल्याप्टप वितरण गरिएको शिक्षा शाखा अधिकृत बुढाले बताइन ।
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
- सल्यानमा सिकाई स्तर अनुसार शिक्षण विधि प्रभाकारिता बन्दै
- त्रिवेणी गाउँपालिकाले दियो सुनौलो हजार दिनका ८८६ आमालाई पोषण सामग्री
- सुनौलो हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि कुखुरा वितरण
- गायत्री प्राथामिक बिद्यालयले मनायो ३४ औ वार्षिकोत्सब
- त्रिवेणी गाउँपालिकाद्धारा ३ जना सडक मानवको उद्धार- गा.पा. अध्यक्ष र वडा अध्यक्षले दिए एक महिनाको सुविधा बापतको रकम