सल्यानमा एकैदिन कोरोनाबाट २ को मृत्यु

   
त्रिवेणी अनलाइन
१८ बैशाख २०७८, शनिबार १८:११ मा

सल्यानमा शनिबार कोरोनाको कारण दुई जनाको मृत्यु भएको छ । सल्यान अस्पतालमा उपचारको क्रममा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका २ का २६ वर्षीय पुरुष र रोल्पा गंगादेव गाउँपालिका ३ की ४८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । दुवै जना शनिबार मात्र अस्पतालमा उपचारका लागि आएका थिए । अस्पताल ल्याएको केही घण्टामा नै दुवैको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । महिलाको भएको झन्डै चार घण्टा पछि पुरुषको मृत्यु भएको हो ।

सल्यानका पुरुष पनि विगत तीन चार दिन विरामी रहेका थिए । मृत्यु पछि कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । विगत ३र४ दिनदेखि थाइराइटको समस्याका कारण बागचौर नगरपालिका स्थित एक पोलिक्लिनिकमा उपचार गराई रहेकी महिलाको त्यहाँ उपचार सम्भव नभएपछि शनिबारमात्रै रिफर गरि सल्यान अस्पताल ल्याइएको थियो ।
शनिबार दुई जनाको मृत्यु भएसँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।

तपाइँको प्रतिक्रिया
Array