सल्यानमा कृषि विकास कार्यालय स्थापना

३० भाद्र २०७६, सोमबार १०:२० मा प्रकाशित

भाद्र २९, सल्यान । सल्यानका किसानहरु अब कृषि सेवा लिन रुकुम पश्चिम जानुपर्ने बाध्यता हटेको छ । जसको लागी सल्यानमा कृषि विकास कार्यालय स्थापना भएको छ ।

संघियता आएसँगै सल्यानको साविकको जिल्ला कृषि विकास कार्यालयलाई केन्द्र सरकारको निर्देशन र प्रदेशको मातहतमा कृषि ज्ञान केन्द्र बनाएर एक वर्ष अघि रुकुम गाभिएको थियो । तर कार्यालय सल्यानमा नहुँदा सल्यानका किसानलाई धेरै समस्या भएको भन्ने जनगुनासो आएपछि पुन: कार्यालय सल्यान फर्काइएको हो ।

कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको मातहतमा संचालित यो कार्यालय प्रदेश सरकारले अब १० वटै जिल्लामा स्थापना गर्ने भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र प्रशाद भारीले बताए । उनका अनुसार अब पशु ज्ञान केन्द्र तथा भेटनरी सेवा पनि प्रत्येक जिल्लामा हुनेछन ।

सदरमुकाम खलंगाको पुरानै जिल्ला कृषि विकास कार्यालयमा आइतबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले पहिला संघिय सरकारकै निर्देशनमा थोरै कार्यालय बनाएर दुवै जिल्ला हेर्नगरी रुकुम गाभिएको तर अब प्रदेशमा  अधिकार आएपछि प्रत्येक जिल्लामा राख्ने बताए ।

उनले सल्यानलाई कृषिबाट देशभर चिनाउनु पर्ने बताए । संघियताले जनतालाई घरदैलोबाट सेवा दिने भन्दै उनले अब प्रत्येक कार्यालयको सम्पर्क कार्यालय जिल्लामै खोलिने बताए । कर्णाली प्रदेशलाई विषदी मुक्त प्रदेश बनाएर अर्गानीक प्रदेशको नामले विश्वभरी चिनाउनु पर्ने उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी नारायन लामिछाने, किसान महासंघका केन्द्रीय सदस्य नविन भडेल, काँग्रेसका जिल्ला सभापती गनेश चन्द, नेकपाका नेता रमेश गौतम लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै उनिहरुले कार्यालय स्थापना मात्रै नभएर व्यवस्थापन पनि गर्नुपर्ने बताए । अहिले कर्मचारी नभएको भन्दै उनिहरुले कर्मचारी पनि तत्काल व्यवस्थापन गर्न माग गरेका छन ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu