प्रकाश ज्वालाको सम्पर्क कार्यालय सल्यानमा पनि
सल्यान प्रदेश सभा (ख) का सांसद प्रकाश ज्वालाको सल्यान खलंगामा सम्पर्क कार्यालय राखिएको छ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका ज्वालाले आफु निर्वाचित क्षेत्रका जनताको समस्या सुन्न सजिलो हुने भन्दै सम्पर्क कार्यालयको खोलिएको बताए । कार्यालयको उद्घाटन आइतबार ज्वाला आफैले गरेका हुन् ।
अब जनताले हरेक समस्या ल्याएर सम्पर्क कार्यालयमा ल्याउन सक्ने बताए । समस्याको सकभर त्यहीबाट सामाधानको बाटो खोजिने र त्यहाँ सकिएन भने प्रदेश कार्यालयमा पुग्ने उनले बताए ।
आफुलाई भेट्न नसक्ने र सुर्खेत जान नसक्ने जनताको लागी यो प्रभाबकारी हुने उनले बताए । उनले भने, ‘यहाँबाट पार्टीको काम हुँदैन्, जनप्रतिनिधिको हिसाबले सबै जनताको काम हुन्छ ।’ कार्यालयमा ज्वाला निकट रहेका धिरज रावत कार्यालय सचिवकाे रूपमा बस्नेछन् ।
सम्पर्क कार्यालय पुरानो बसपार्क देखि २० मिटर माथी कुमारी बैंक नजिकै रहेको केशब सिंह श्रेष्ठको घरको माथिल्लो तलामा राखिएको छ ।
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







