हेलिकोप्टरबाट उद्धार गर्दागर्दै जन्मियो बच्चा

   
त्रिवेणी अनलाइन
१९ भाद्र २०७६, बिहीबार १८:५८ मा
[Sassy_Social_Share total_shares="ON"]

जाजरकोटमा सुत्केरी हुँन नसेकेर समस्यमा परेकी एक महिलाको हेलिकोप्टरमार्फत उद्धार गर्दागर्दै बच्चा जन्मिएको छ। तोकिएको मितिभन्दा झण्डै ७ दिन म्याद नाग्दासम्म सुत्केरी हुँन नसकेकोपछि जाजरकोटकी कुशे गाउँपालिका-१ धाउनीकी २५ वर्षीय संगीता सिंह (शाही)लाई उद्धार गर्न हेलिकोप्टरमा राखेलगत्तै छोराको जन्म भएको हो। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तरर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइको आर्थिक सहयोगमा हेलिकोप्टरबाट उद्धार गरिएको वडा नं १ अध्यक्ष गोपाल नेपालीले बताए।

भदौ १६ गते सुत्केरी व्यथा लागेपछि टालेगाउँ स्वास्थ्य चौकीमा ल्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि परिवारका सदस्यले भदौमा  १७ गते पजारु स्वास्थ्य चौकीमा पुर्‍याएका थिए। त्यहाँ पनि उपचार सम्भव नभएपछि बिहीबार कुशे गाउँपालिका –१ गोर्जाचौरमा बोकेर ल्याई हेलिकोप्टरमार्फत सुर्खेत पठाउने तयारी हुँदाहुँदै बच्चा जन्मिएको थियो। बच्चा जन्मिए पनि आमाको अवस्था गम्भीर रहेको नेपाल कम्युनिष्ट पाटी (नेकपा)का नेता कृष्णबहादुर विसीले बताए। आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका अनुसार संगीतालाई अत्यधिक रक्तश्रव भइरहेको छ। उनका अनुसार उपचार गरिएका दुवै स्वास्थ्य चौकीमा छामेर मात्र उपचार हुँने गर्दछ। स्रोत, साधनको अभावका साथै दक्ष जनशक्तिको अभावमा जाजरकोटका दुर्गमका सुत्केर र गर्भवती महिला अकालमै मृत्यु हुने गरेको छ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu