दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो
दाङ – देउखुरीमा सोमबार राति भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही भालुबाङ सडकखण्डको पिपरीमा मोटरसाइकल एक आपसमा ठोक्किँए लगत्तै ट्रकले ठक्कर दिँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किए लगत्तै पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिँदा रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा रहेका घोराही उपमहानगरपालिका–१५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही नगरपालिका– ४ निवासी २७ वर्षीय विनायक चौधरीको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएपछि दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्याएलगत्तै उनीहरुको ज्यान गएको हो ।
त्यस्तै, दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका –८ बिजौरीका २८ वर्षीय दिपक मरासिनी गम्भीर घाइते हुनुभएको छ । घाइतेको थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न