पहिरोले घर पुरिँदा आमा र दुई छोरीको मृत्यु

   
त्रिवेणी अनलाइन
१५ भाद्र २०७६, आईतवार ०९:३१ मा

भदाै १५, जाजरकोट भेरी नगरपालिका–२ तिमीमा पहिरोले घरसहित तीन जनालाई पुरेको छ । शनिबार राति करिब १ः४५ बजे गएको पहिरोले घर पुर्दा ३२ वर्षीया पार्वती वली, उनकी छोरीहरु नौ वर्षीया मोतीकला र तीन वर्षीया धनसरालाई घरसँगै पुरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी श्याम खत्रीले जानकारी दिए।

पार्वतीका श्रीमान् बलबहादुर घरबाहिर सुतेका कारण बाँच्न सफल भएको प्रहरीले बताए। जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली उद्धारका लागि टोली खटिएको डिएसपी खत्रीले बताए। 

तपाइँको प्रतिक्रिया
Array