blank

गाई हत्या प्रकरणमा चालकसहित ५ ट्रक नियन्त्रणमा

   
त्रिवेणी अनलाइन
१३ भाद्र २०७६, शुक्रबार १९:३९ मा

भदौ १३,  सुर्खेत :

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कटकुवाको जंगलमा गाई बेवारिसे अवस्थामा फालेर नेपालगंजतर्फ जाँदै गरेका ५ वटा ट्रक सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ। 
जसमध्ये एउटा ट्रक छिन्चु ईलाका प्रहरी कार्यालयमा राखिएको छ भने चार वटा ट्रकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। साथै प्रहरीले ती ट्रकका चालकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा ना६ख ४९४९ ट्रक चालक रौतहट चन्द्रपुर ननगरपालिका २ का ३२ वर्षीय दामोदर केसी, ना६ख ९९०५ नम्बरको सवारी चालक बाँके कोहलपुर नगरपालिका १४ का ३४ वर्षीय हिम बहादुर जिसी, ना६ख ९१७७ नम्बरका सवारी चालक चितवन राप्ती नगरपालिका ४ का २८ वर्षीय बिबेक कुवँर रहेका छन्। 
यसैगरी, भे१ख १०१५ नम्बरका  चालक चितवन राप्ती नगरपालिका ५ का २७ वर्षीय सागर विश्वकर्मा र ना ५ ख ६६७४ नम्बरका सवारी चालक नवलपरासी सरावल गाँउपालकिा १ का २९ वर्षीय सुकधन चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

तपाइँको प्रतिक्रिया
Array