चट्याङ लागेर जुम्लाको पाटन क्षेत्रमा २५० भेडा मरे
तिला गाउँपालिका-६ सुडीगाउँको पाटन क्षेत्रमा बिहीबार चट्याङ लागेर दुई सय ५० भेडा मरेका छन् । सुडीगाउँको भुतवाडा पाटनमा अविरल वर्षासँगै परेकाे चट्याङ लागेर भेडा मरेका हुन् ।
साे वडाका नुनिलाल रावत, लालबहादुर रावत, जयलाल रावत, बाँचे रावत र देवबहादुर रावतका गरी दुई सय ५० भेडा मरेको स्थानीय महावीर रावतले बताए । चट्याङका कारण महावीर रावत सामान्य घाइते समेत भएका छन् ।
चट्याङले किसानको रोजीरोटीमा समस्या पर्ने नुनिलाल रावतले बताए । कर्णाली क्षेत्रमा भेडापालन व्यावसायिक किसानको लागि आम्दानीको पहिलो स्रोतको रूपमा मानिदै आएको छ । जुम्लामा कहिले हिमपात र कहिले चट्याङको मारमा किसान पर्दै आएको रावतले दुखेसो पोखे । ‘हिउँदे याममा हिमपात र वर्षायाममा चट्याङका कारण हाम्रो आय स्रोत बढ्न दिँदैन’ उनले भने, ‘भेडा मरेर भुतवाडा पाटनबाट खोलासम्म पुगेका छन् । पशुचौपाया जोगाउनै मुस्किल छ ।’
प्रहरी निरीक्षक नविन वलीले घटनास्थलमा रारालिहि प्रहरी चौकीबाट टोली खटाएको बताए । घटनास्थल टाढा भएकाले बेलुकासम्म क्षतिको विवरण आउने उनले बताए ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







