ढाड भाँचिएको अवस्थामा फेला पर्यो लोपोन्मुख जनावर ‘हाईना’
शंकर के सी /१२ भदौ सल्यान :
घाइते अवस्थामा फेला परेको लोपोन्मुख जंगली जनावर हाइना लाई उद्धार गरेर उपचारका लागि पठाइएको छ ।
स्थानीय भाषामा ‘गधै बाघ’ भनेर पनि चिनिने हाइना सल्यानमा घाईते अवस्थामा फेला परेको थियो।
बुधबार विहान ७ बजेतीर जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ भोटेचौरमा ढाड भाँचिएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । स्थानीयले देखेपछि सव डिभिजन वन कार्यालय छत्रेश्वरि तथा प्रहरीलाइ खबर गरेका थिए ।
घाइते अवस्थामा रहेको हाईनालाइ उद्धार गरेर बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख थिर बहादुर कार्कीले बताए।
उनले भने, ‘सव डिभिजन वन कार्यालय छत्रेश्वरिका वन रक्षक तेज बहादुर शाही लगाएतका हाम्रो कर्मचारि साथीहरुले हाइनालाइ उद्धार गर्नुभएको थियो । ढाड भाँचिएर घाइते अवस्थामा जनावर थियो ।
’ सडकमा हिडिरहेको बेला कुनै गाडीले ठक्कर दिएर हाईनालाइ घाइते बनाएको हुन सक्ने कार्यालय प्रमुख कार्कीको भनाइ रहेको छ ।


हुँडार भनेर पनि चिनीने हाईना नेपालको रंरक्षित र लोपोन्मुख जनावरमा पर्दछ । वन कार्यालयका अनुसार नेपालको दाङ र सल्यानमा पाइने यो जनावर सिमित संख्यामा छ ।
नेपाल लगाएत अफ्रिका तथा एशियाका जंगलहरुमा हाईना पाइन्छ । तर अन्य देशको भन्दा नेपालको हाइना सुन्दर देखिने डिभिजन वन कार्यालयका प्रमुख कार्कीले बताए ।
उनका अनुसार नेपालमा हाईना दुई सय भन्दा बढि संख्यामा छैन । मरेको जनावरको सिनो खाने हाइना अर्थात हुँडारले पछिल्ले समय वस्तीमा छिरेर कुखुराको खोर भत्काएर क्खुरा लाइ पनि खाने गरेको स्थानीयहरु बताउँछन् ।


दुई वटा हाईना उपचारकै क्रममा मरे :
जिल्लामा यसको चोरि शिकारि हुने गरेको नभए पनि गाउँमा मानिसले विष राखीदिने र विष सेवनका कारण मर्नेगरेको वन कार्यालयले जनाएको छ ।
डिभिजन प्रमुख कार्कीले भने, ‘जंगल आगलागी, जंगलमा आहाराको अभाव जस्ता कारणले पछिल्लो समय हाइना गाउँ छिरेर कुखुरा खाने गर्नथाल्यो । मानिसहरुले विष राखीदिदा विष सेवका कारण मर्ने सम्भावना हुने गर्दछ ।
उनका अनुसार यस अघि वन कार्यालयले विष सेवन गरेर घाइते भएका दुई वटा हुँडारलाइ फेला पारेको थियो । र ती दुई हुँडार उपचारको क्रममा मरेको कार्कीले बताए । दाङ तथा सल्यानका जंगलमा विशेष गरेर हुँडार पाइने भएकाले यहि क्षेत्रमा यी लगाएत अन्य जनावरको अनुसन्धान पनि भइरहेको बताइएको छ ।
घोरल मार्ने ९ जनाले मुद्दा खेप्दै :
यसैविच जिल्लामा अन्य जनावरको शिकार गरेर खाने गरिएको पनि वन कार्यालयले जनाएको छ । घोरल, कालिज जस्ता जंगली जनावर तथा पशुपंक्षि पासोमा पारेर वा मारेर खानेगरेका घटना पनि बेला बेला आइरहेको कार्यालयले जनाएको हो ।
गत चैत्र महिनामा सल्यानमा घोरल मार्ने ९ जना घोरलको मासु सहित पक्राउ परेका थिए । कार्यालय प्रमुख कार्कीका अनुसार डिभिजन वन कार्यालयले घोरल मार्ने शारदा नगरपालिका १४ ढाँरखानीका ९ जनालाइ पक्राउ गरेर मुद्दा चलाएको थियो । धरोटीमा उनीहरु छुटेको कार्यालयले जनाएको छ ।
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न