रुकुम पश्चिमबाट नेपालगञ्ज छुटेको बस दुर्घटना तिन जनाको मृत्यु, २५ घाईते
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका राडि बजारबाट नेपालगञ्जका लागी छुटेको ना ४ ख ९३२७ नम्बरको बस दुर्घटना भएको छ । मंगलवार साझ ५ बजे राडि देखि नेपालगञ्जका लागी छुटेको भेरी गंगा यातायात ब्यवसाय समितिकोे बस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । बिहान करीब ३ बजेतिर गाडीको ब्रेक फेल भएर सुखेतको हर्रे र बबईको बिचमा एमाले मोड नजिकै दुर्घटना भएको ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार हाल सम्म तिन जनाको सब निकालिएको २५ जनालाई कोहलपुर मेडिकल कलेजमा उपचारको लागी पठाएको जनाएको छ । टेलीफोन सम्पर्कमा कुरा गर्दै सुर्खेत ट्राफिक प्रहरीले घटना स्थल हाम्रो टिम खटिरहेको छ । हामीलाई जानकारी भए अनुसार हाल सम्म ३ जनाको मात्र सब फेला पारेकोर सनाखत हुन बाँकीरहेको जानकारी दिए । बसको चालक सहित ४ बच्चा ८ जना महिला पुरुष १३ जना जम्म २५ जना घाईते भएको ट्राफिक प्रहरीको भनाइ छ । राडी बाट ९ जना कालिमाटि बाट ७ जना मटेलाबाट ४ जना गरी यात्रु लिएको र अन्य बाटोमा हाल्दै यात्रु बोकेको यातायात ब्यवसायी समितिले जनाएको छ । २५ जना नेपालगञ्ज पठाएको अन्य कतिजनाको ज्यान गएको भन्ने एकीग नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।उद्दारको लागि इलाका प्रहरी कार्यालय छिन्चु प्रहरी कार्यालय बबई र हेर्रे चेकपोष्टबाट र नेपाली सेनाको टोली उद्दारमा खटिएको प्रहरीले जानकारी दिएको छ। विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह