सल्यानमा घरमै रोकिराखेको कार संगै मोटरसाईकल चोरी
सल्यानमा एक ठाउँबाट गाडि चोरी गरेर ठोक्काउदै अर्को ठाउबाट मोटरसाइकल चोरी भएको खुलेको छ । सल्यान शारदा नगरपालिका १ श्रीनगर स्थित एस बि ईलेक्ट्रोनिक्स सेन्टरको घरमै पार्किङ गरि राखेको कार चोरेर लिनेले छत्रेस्वरीको शंखमुलबाट घरमै राखेको मोटरसाइकल चोरेर लगेको खुलेको हो ।
एकै रातमा श्रीनगरबाट रा १ च ९६१ नम्बरको कार चोरी गर्नेले रा ५ प १९५२ नम्बरको गाडी पनि चोरी गरेको छ । श्रीनगरका व्यापारी सुरेन्द्र बुढाको कारको लक तोडी शंखमुल पुरयाई बिपरित दिशाबाट आएको विवरण नखुलेको गाडी संग ठोकिदा कार बाटोमै छोडेर सोही स्थानबाट सन्तोष रेग्मीको बजाज कम्पनीको २२० सिसिको मोटरसाइकल चोरेको खुलेको हो । चोरले मोटरसाइकल संगै एकजोडा जुत्ता पनि लिएको लिएको खुलेको छ । पुराना चप्पल छोडेर घरमा प्रयोगमा भएका जुत्ता लिएको भेटिएको हो ।
गाडि अर्को स्थानमा लिएर गाडीमा ठोक्काउने र सोही स्थानबाट मोटरसाइकल चोरी गर्नेको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरिक्षक विरेन्द्र बहादुर शाहीले हराएको मोटरसाइल चोर्ने र गाडी श्रीनगरबाट शंखमुल लिएर व्यक्ती तथा समूह उहि या फरक हो भन्ने विषयमा अनुसन्धान भैरहेको बताए । उनले अहिले मोटरसाइकल तथा चोरी गर्ने व्यक्तीको खोजी गरिएको भन्दै उनले कसले कुन उद्देश्यका साथ लिएको भन्नेबारे अनुसन्धान गरिने बताए ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






