तरकारी बेचेर दुई महिनामा १२ करोड किसानको हातमा
शंकर के सी, सल्यान कपुरकोटमा दुई महिनाको अवधिमा किसानहरुले तरकारि विक्रि गरेर झण्डै १२ करोड रुपैयाँ हात पारेका छन् ।
देशकै प्रमुख तरकारि बजार मध्यमा पर्ने सल्यान स्थीत कपुरकोट तरकारि बजारमा तरकारि विक्रि गरेर किसानहरुले ११ करोड, ९२ लाख, ५७ हजार एक सय ३८ रुपैयाँ प्राप्त गरेको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ ।

गत जेठ २८ गतेदेखि साउन मसान्त सम्म विभिन्न स्थानका ब्यापारिले यहाँका किसानहरुबाट १४ लाख १७ हजार, आठ सय ६४ किलो ताजा तरकारि तथा फलफुल विक्रि गरेर लगेको बजार केन्द्रका तथ्यांक हेर्ने कर्मचारि विष्णु प्रसाद गौतमले जानकारि दिए ।
साउन महिनामा मात्रै ६ लाख ४३ हजार, ९८ किलो तरकारि कपुरकोटबाट विभिन्न जिल्लामा निकासि भएको उनले जनाए । जसबाट किसानहरुले चार करोड ९० लाख ५२ हजार पाँच सय ८० रुपैयाँ हात पारेको गौतमले जनाए ।
कपुरकोटबाट सबै भन्दा बढि तरकारि पश्चीम क्षेत्र कैलाली, धनगढी, नेपालगञ्ज लगाएतका क्षेत्रमा जाने गरेको बताइएको छ । कृषि उपज बजार केन्द्रका पूर्व अध्यक्ष कृष्ण कुमार शर्माका अनुसार ६० प्रतिशत तरकारि पश्चीम क्षेत्रका शहर, बजारमा जाने गर्दछ भने ४० प्रतिशत तरकारि रुपन्देहिको बुटवल जाने गर्दछ ।
वेमौषमी तरकारि खेतीका लागी प्रख्यात कपुरकोट क्षेत्रका किसानहरुले टमाटर, बन्दा गोभी, काउली, सिमी, बोडि, भेडे खुर्सानी, मुला, साग, काँक्रा लगाएतका तरकारि तथा फलफुल उत्पादन गर्ने गरेका छन् । यस वर्ष विगतभन्दा किसानहरुले तरकारिको मुल्य राम्रो प्राप्त गरेको बताइएको छ ।

समुन्द्री सतहबाट १२ सय मिटर देखि करिव १८ सय मिटर सम्मको उचाइमा रहेका यहाँका खेतबारिमा किसानहरुले वेमौषमी ताजा तरकारि तथा फलफुल उत्पादन गर्दै आइरहेका छन् ।
सल्यानको पूर्वि भागमा रहेका धनवाङ, सिनवाङ, गर्पा, रिम, फालावाङ, त्रिवेणी, छायाँक्षेत्र लगाएत रोल्पा जिल्लाका बुढागाउँ, नुवागाउँ, झेनाम, जुगार, जिनावाङ, ओत जस्ता क्षेत्रबाट कपुरकोट बजार केन्द्रमा करिव १५ हजार देखि १८ हजार किसानहरुले ताजा तरकारी एवम् फलफूलहरु बिक्रि गर्ने गर्दछन् ।

सिंचाइको सुविधा विना पनि कपुरकोट क्षेत्रमा तरकारि फल्छ । जव चैत्र वैशाखदेखि धेरैजसो ठाउँमा ताजा तरकारिको अभाव हुने गर्छ, यस क्षेत्रमा लोभ लाग्दो तरिकाले मंशिर, पुस सम्म नै लटरम्म तरकारि र फलफुल उत्पादन हुने गर्छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






