तलव नपाएको भन्दै शिक्षकले छोडेपछि कार्यालय सहयोगीको भरमा विद्यालय

   
त्रिवेणी अनलाइन
४ भाद्र २०७६, बुधबार १४:१५ मा
[Sassy_Social_Share total_shares="ON"]

इन्द्र बुढाथोकी, सल्यानको एक विद्यालयमा शिक्षकले समयमा तलव नपाएको भन्दै विद्यालय छोडेपछि कार्यालय सहयोगीको भरमा विद्यालय सञ्चालन हुदै आइरहेको छ । जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका वडा न ४ देउलीमा रहेको श्री बाललिला प्राथमिक विद्यालयका शिक्षक प्रकाश बुढाले समयमा तलव नपाएको भन्दै पढाउन छाडेपछि कार्यालय सहयोगीले पढाउदै आइरहेकी छन् । २०६६ सालमा स्थापना भएपनि हालसम्म एकजना पनि दरबन्दिमा शिक्षक नहुँदा नीजिस्रोतबाट शिक्षक राख्दै आइरहेको छ । कार्यालय सहयोगी राधिका परियार शिक्षक बनेर पढाई रहेकी छन् । विद्यालयको पठन पाठनमा भन्दा कार्यालयको काममा हाजिर भएपनि शिक्षक नहुँदा पढाउन बाध्य भएको परियारले बताइन । उनले भनिन ‘विद्यालयमा दरबन्दी शुन्य छ नीजि स्रोतका एक शिक्षकले तलव नपाएको भन्दै छोडी सके अर्को एक जना हुनु हुन्छ उहाँले पनि विगत एक वर्षदेखि तलव पाउनु भएको छैन । उहाँलाई सहयोग गर्न मैलै ले पढाइ रहेकी छु ।’ स्थानीय सरकार विद्यार्थीको भविश्यसँग जोडिएको शिक्षा क्षेत्रमा जिम्मेवार नभएको शिक्षिका जयन्ती बुढाले बताइन । विद्यालयमा सामान्य दैनिक आवश्यक पर्ने कागजातहरु, शिक्षक, विद्यार्थी हाजिरी चक डस्टर आफ्नो व्यक्तिगत लगानीमा किन्ने गरेको उनको भनाई छ । उनले भनिन साना विद्यार्थीको भविश्य नविग्रियोस भनेर तलव विनै एक वर्षदेखि पढाई रहेकी छु । त्यतिमात्र नभएर कार्यालयमा आवश्यक पर्ने सामागी समेत किन्दै आइरहेकी छु । नीजिस्रोतका शिक्षकलाई भने अनुसार तलब दिन नसक्दा र समयमा तलव दिननसक्दा शिक्षकले बिचमै विद्यालय आउन बन्द गर्दा विद्यार्थीहरुको पठन पाठन प्रभावित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम बहादुर बुढाले बताए । नगरपालिकामा शिक्षा क्षेत्रमा छुट्याएको करोडौ बजेट फिर्ता हुन्छ तर नगरपालिका भित्रका सामुदायिक विद्यालयको अवस्था भने निकै दर्दनाक छ उनले भने । उनले भने ‘कहि कतै आम्दानीको स्रोत छैन र विद्यार्थीबाट फि उठाउन पाइदैन । गाउँमा गएर चन्दा उठाउने हो सबैले दिदैनन् ।’ शिशुदेखि कक्षा तीनसम्म पढाई हुने उक्त विद्यालयमा २६ विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu