सल्यान पश्चिममा टेलिफोनमा पनि लोडसेडिङ १० घण्टा मात्र सेवा
इन्द्र बुढाथोकी , सल्यान पश्चिममा रहेको बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र सल्लीबजारमा पनि टेलीफोनको लोडसेडिङ हुने गरेको छ । नगरपालिकाको वडा न ४ तारुपारेमा रहेको स्काइ टावरमा खराबी आउँदा यस्तो समस्या आएको छ । बिगत १० वर्ष देखि उक्त टावरमा खराबी आउँदा सल्लीबजार सहित बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका केही क्षेत्र, शिद्धकुमाख गाउँपालिकाको केही क्षेत्र र सुर्खेत सिम्ता गाउपालिका सहित अन्य स्थानका बासिन्दा सन्चार क्षेत्र बाट बन्चित भएका छन । २०६६ सालमा निर्माण भएको उक्त टावर अहिले सम्म सोलारको भरमा चलिरहेको छ । टावर संचालन गर्न ६५ वाटका ३६ वटा सोलार रहेका छन । निर्माण भएको समयमा ६ महिना सम्म २४ घण्टा राम्रोसँग चले पनि त्यस यता सोलारको ब्याट्रीमा आएको समस्याले अहिले दैनिक १०/१२ घण्टा सम्म मात्र टावर सन्चालन हुँदै आएको छ । वर्ष भरी नै टावरमा समस्या आउँदा र सोलारका ब्याट्री चार्ज नहुने भएकाले मुस्किलले दैनिक बिहान ८ बजेदेखि साझ ६ बजेसम्म १० घन्टा टावर सन्चालन हुने टावर सन्चालक शेर बहादुर पुनले जानकारी दिनुभयो । पुनले भने आफुले २४ सै घन्टा टावर सन्चालन गर्न र टावर तथा सोलारका पाता संरक्षणका लागि वरिपरिको स्थान सुरक्षिति गर्ने गरेको र क्षमता विस्तार गर्ने पटकपटक नेपाल टेलिकमप केन्द्रिय कार्यालय काठमाडौमा अनुरोध गरे पनि यहाँका स्थानीयका सम्बन्धित निकायले कुनै चासो नदिंदा यस्तो समस्या आएको बताउनुभयो । २४ घन्टामा दैनिक १० घन्टा मात्र टावर सन्चालन हुदा एक ठाउँबाट अर्को ठाउमा सूचना पठाउन सूचना पाउन निकै समस्या हुनुको साथै इन्टरनेट चलाउन निकै अफ्ठ्यारो भएको स्थानियले गुुुनासो गरेेेेका छन । साथै यो टावर सगै बनगाड कुपिण्डे नगरपालिका ५ लाटुगैरेमा रहेको टावर , बनगाड कुपिण्डे नपा ११ माझकाडामा रहेको टावर , सुर्खेतको सिम्ता काप्रिचौरमा रहेको नेपाल टेलिकमको जिएसएम, गुमिचुलीमा रहेको स्काई टावर र सल्यान तारुपरे डाँडामा रहेको स्काइ टावरका सामाग्री सोलार प्यानलबाट चार्ज हुने भएकोले वादलका कारण चार्ज कम हुने भएकोले २४ सै घण्टा पावर क्षमता धान्न नसक्ने नेपाल टेलिकमले जनाएको छ । यी सबै टावर सोलार बाट संचालन हुँदै आइरहेका छन । जसले गर्दा बनगाड कुपिण्डे नगरपालिका केन्द्र सल्लीबजार र सिम्ता गाउपालिकाको केन्द्र जामुने बजारमा घाम लागेको बेला मात्रै टेलीफोन सुचारु हुने गरेको छ । देवस्थलमाको राता डाडामा वन्दै गरेको जिएसएमको टावरको काम पनि सुस्त गतिमा भैरहेको छ । त्यो जिएसएमको टावर केहि महिना भित्रै सुचारु भएमा नगरको केन्द सल्लीबजारका नागरिकको वर्षेनी फोनको पिरोलो निराकरण भए पनि ग्रामीणबस्ती स्तरका नागरिक भने सधै फोन बाट बन्चित हुनेछन।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह