त्रिवेणी गाउँपालिका सल्यानको गाउँसभाको १४ औ अधिवेशन सम्पन्न भएको छ ।
त्रिवेणी गाउँपालिका सल्यानको गाउँसभाको १४ औ अधिवेशन सम्पन्न भएको छ । गाउँ सभामा गाउँपालिकाको खेलकुद विकास ऐन विधेयक २०८० वडा नम्बर १ का अध्यक्ष दल बहादुर बस्नेतले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरेको विधेयकहरुबारे छलफल पछि गाउँ सभाका सदस्यहरुले ताली बजाएर पारीत गरेका थिए । गाउँ सभाका सचिव खुम बहादुर के.सी.ले अहिलेसम्म गाउँपालिकामा भएका बिकास निर्माण सम्बन्धि गतिविधिहरु बारेमा प्रतिबेदन पढेर सुनाउनु भएको थियो ।
जस अनुसार त्रिवेणी गाउँपालिकाले मसिंर मसान्त सम्म पुर्वाधार निर्माण, शिक्षा, खानेपानी, स्वास्थ्य, कृषिमा गाउँपालिकामा धेरै काम सम्पन्न भएको बताउनु भयो । शिक्षा , युवा तथा खेलकुद शाखा तर्फ २३.४९ प्रतिशत, स्वास्थ्य शाखा तर्फ ३.७१ प्रतिशत, कृषि बिकास शाखा १५.०६ प्रतिशत, पशु सेवा शाखा १८.४१ प्रतिशत, महिला तथा बालबालिका शाखा १० प्रतिशत, वडा नं. १ ले १४.१ प्रतिशत प्रगति हासिल गरेको छ । यस्तै वडा नं. २ ले १.४१ प्रतिशत, वडा नं. ३ ले २.३४ प्रतिशत, वडा नं. ४ ले ३३.४ प्रतिशत, वडा नं. ५ ले ८.७७ प्रतिशत हासिल गरेको छ ।
गाउँपालिकाको मसिंर मसान्त सम्म चालु तर्फ २२.२४ प्रतिशत, पुजिगत तर्फ ८.१८ प्रतिशत गरि समग्रमा १७.४५ प्रतिशत प्रगति हासिल गरेको छ ।
गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावते गाउँपालिकाले निर्णय गरेका कुराहरू सत प्रतिशत प्रतिफल दिन सफल भएको बताए । बाटाघाटा, स्वास्थ्य शिक्षा, कृषि हरेक क्षेत्रमा सल्यानकै तेस्रो स्थानमा रहेको बताउनु भयो । कार्यक्रममा नेपाली वडा नम्बर ३ का वडा अध्यक्ष कर्णदेव डाँगी कमल, वडा नम्बर ५ का वडा अध्यक्ष बिमल रावत, एवं वडा नम्बर ६ का अध्यक्ष मनोज शाहले आफ्नो विचार राखेका थिए ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह