लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत वत्तृmत्वकला प्रतियोगिता सम्पन्न आज लुहाममा सम्पन्न
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत वत्तृत्वकला प्रतियोगिता आज लुहाममा सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी, वडा नं. ५ का वडा अध्यक्ष बिमल रावत, कार्यापालिका सदस्यहरु, वडा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु, पत्रकार, स्थानीय बुद्दिजिवीहरु, शिक्षक, विद्यार्थी लगायत विभिन्न महानुभवहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन गाउँपालिकाका महिला, बालबालिका शाखा प्रमुख बसन्ता ओलीले गर्नुभएको थियो । कार्यक्रममा प्रथम स्थान हासिल गर्ने मा.वि सिम्क को छात्रा सिन्दु डाँगी, द्धितिय स्थानमा त्रिवेणी मा.वि. सरिकोटको छात्रा अनिता रेउले, तृतिय स्थानमा ने.रा.मा.वि. रेखको छात्रा पुस्पा विष्ट र सान्वत्ना स्थानमा सल्यान पब्लिक स्कुलको छात्रा लक्ष्मी घर्ति मगर लाई प्रमाण पत्र र नगद सहितले पुरस्कृत गरिएको हो
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा