आफुहरुलाई नढोगेको भन्दै सल्यानमा दुईजना युवाले कुटपिट गर्दा एक युवकको मृत्यु
सल्यानमा दुईजना युवाले कुटपिट गर्दा एक किशोरको मृत्युु भएको छ ।
जिल्लाको बागचौर नगरपालिका ७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओलीलाई छिमेकी गाउँका दुईजना युवाले कुटपिट गर्दा मृत्युु भएको हो ।
छिमेकी गाउँ स्याला भन्ने ठाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कार्तिक ४ गते उनलाई कुटपिट गरेका थिए । कुटपिटपछि घाइते भएका उनको उपचारका क्रममा आज भारतको लखनउमा मृत्युु भएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।
कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको र केशर ओली फरार रहेको इप्रका थारमारेले जनाएको छ ।
घटना कसरी भएको थियो ?
मृतक घनश्यामका दाई दिपेन्द्र ओलीका अनुसार कार्तिक ४ गते पुरानछाप गाउँका केही भर्खरका युवाहरु नजिकैको विद्यालयमा भलिबल खेल्न भनेर गएका थिए । त्यस समुहमा सबैभन्दा ठुलो उमेर भएका युवा भनेका घनश्याम थिए । अन्य युवाहरू घनश्याम भन्दा कम उमेरका थिए ।
त्यतिबेला नै छिमेकी गाउँ स्याला भन्ने ठाउँका केशर र सन्तोष भलिबल खेल्ने मैदानमा आइपुगे । उनिहरुले घनश्यामलाई ‘हामीहरू तेरो दाई पर्छौं ढोग गर’ भनेर भने । तर घनश्यामले उनिहरुलाई ढोगेनन् ।
त्यसपछि उनिहरु दुवै जनाले घनश्यालाई पालैपालो हानेको पीडित परिवारले बताएको छ । घनश्यामले पिटाइ खाइसकेपछि बेलुका घरमा आएर टाउको दुखेको छ भनेर खाना नखाई सुतेको र त्यसबेला घटनाबारे परिवारलाई कुनै जानकारी नगराएको दाई दिपेन्द्रले बताए ।
भोलिपल्ट पनि घनश्यामले घरमा डरले आफूलाई उनिहरुले कुटपिट गरेको कुुरा बताएनन् । बरु आफुलाई बिरामीले च्यापेको भनेपछि परिवारले गाउँमा झारफुक गर्न तिर लागे ।
स्वास्थ्य झनझन जटिल बन्दै गएपछि कार्तिक ६ गते घनश्यामले आफुलाई कुटपिट भएको र अस्पताल लिन भनेपछि मात्रै परिवारले बागचौर स्थित जनप्रिय मेडिकलमा पुर्याएका थिए । त्यहाँ पुगेपछि डाक्टरले शरिर भित्र रगत जामेको र यहाँ उपचार सम्भव नहुँने बताएपछि भारतको लखनउ लगिएको थियोे ।
शरीरको भित्री भागमा विभिन्न ठाउँमा चोट लागेको र रगत जमेको कारण उनको उपचारका क्रममा बुधबार (आज) प्राण त्यागेको परिवारले जनाएको छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह