त्रिवेणी मा.बि. सरिकोटको ५९ औ वार्षिकोत्सब तथा अभिभावक मिलन दिवस सम्पन्न

   
त्रिवेणी अनलाइन
३० भाद्र २०८०, शनिबार १८:४६ मा

त्रिवेणी गाउँपालिका वडा नं. ३ मा रहेको त्रिवेणी मा.बि. सरिकोटको ५९ औ वार्षिकोत्सब तथा अभिभावक मिलन दिवस सम्पन्न भएको छ । प्रदेश सभा ख का सांसद सुरेश अधिकारीले दिप प्रज्वलन तथा ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुकलाल रानाको अध्यक्षमा सुरु भएको कार्यक्रममा विशिष्ट अतिथिहरुमा नेपाली कांग्रेस जिल्ला सभापति केश बहादुर बिष्ट, शारदा माध्यामिक विद्यालय शंखमुलका वि.ब्य.स. अध्यक्ष डिल्लीराज रेग्मी, त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावत रहनु भएको थियो । यस्तै अतिथिहरुमा वडा नं. ३ का वडाअध्यक्ष कर्णदेव डांगी कमल, त्रिवेणी गाउँपालिका नि. वर्तमान उपाध्यक्ष करुणा खड्का, वडा नं. १ का वडाअध्यक्ष दल बहादुर बस्नेत, वडा नं. ३ का निवर्तमान वडा अध्यक्ष हुकुम प्रशाद महतारा, शिक्षक, विद्यार्थी अभिभावक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम बोल्दै प्रमुख अतिथि समेत रहनुभएका  माननिय सुरेश अधिकारीले आफ्नो पालामा विद्यालयले महसुस गर्ने गरे काम गर्ने बताउनु भयो ।

May be an image of 5 people and temple
बिद्यालयले संचालन गरेका खेदकुदमा बिजेता हासिल गर्ने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरेको थियो ।
विद्यालयको आय ब्यव प्रधानाध्यापक यज्ञ बहादुर पुनले प्रस्तुत गर्नुभएको थियो ।


विद्यालयबाट सरुवा भएर जाने तथा सेवा निबृत्त भएको निवर्तमान प्र.अ. देव बहादुर श्रेष्ठ लगायतका शिक्षकहरुलाई बिदाई समेत गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयको उन्नती प्रगतीको लागी शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको संचालन शिक्षिका शारदा बोहराले गर्नुभएको थियो ।

May be an image of 8 people and text

तपाइँको प्रतिक्रिया
Array