सरिकोट स्वास्थ्य चौकी सल्यानकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

   
त्रिवेणी अनलाइन
२२ असार २०८०, शुक्रबार १६:१७ मा
[Sassy_Social_Share total_shares="ON"]

उत्तर कुमार साहु/सल्यान

सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ४ मा रहेको सरिकोट स्वास्थ्य चौकीलाई जिल्लामै पहिलो पोषण मैत्री स्वास्थ्य चौकी घोषणा गरिएको छ । सबै मापदण्ड र सूचकहरु पुरा गरेकोले शुक्रबार एक कार्यक्रमका बीच पोषण मैत्री स्वास्थ्य चौकी घोषणा र पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो ।
स्वास्थ्य चौकीमा नियमित बच्चाको वृद्धि अनुगमन गरेको, आइरन चक्की खाएका महिला, सुत्केरी पछि आइरन र भिटामिन ए खाएका स्वास्थ्य सस्थामा सुत्केरी हुने पोषण रजिष्टरमा पोषण सम्बन्धी सबै सुचना रेकर्ड राखिएको, पुर्ण स्तनपान गराउने, पोषण सम्बन्धी औषधि र सामाग्री पुर्ण रहेको, जुकाको औषधि खाएको कुपोषित बालबालिका नरहेको, ६ महिनापछी दूध सहित अन्य पौष्टिकको मापदण्ड अनुसार आहार खुवाएको सुनिस्चित भएको, विद्यालय स्वास्थ्य पोषण अन्तर्गत जुकाको औषधि खाएको, स्वास्थ्य सस्थामा पोषण कर्नर र आम र शिशुलाई नियमित परामर्श गरिएको साथै तथ्यांक चुस्त दुरुस्त राखिएको जस्ता सुचक पुरा गरेपछि पोषणमैत्री स्वास्थ्य सस्था घोषणा गरिएको हो ।
गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले त्रिवेणीका ६ वटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा भएको प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।


गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षतामा पोषण मैत्री स्वास्थ्य चौकी, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढा, वडा नं. ४ का वडा अध्यक्ष, छबिराज शर्मा, वडा नं. १ का वडा अध्यक्ष दल बहादुर बस्नेत, वडा नं. २ का वडा अध्यक्ष, हस्त बहादुर राम्जा, वडा नं. ५ का वडा अध्यक्ष, बिमल रावत, कार्यपालिका सदस्य, वडा सदस्य, पालिकामा कार्यरत विषयगत शाखाका प्रमुखहरू, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य चौकी इन्चार्जहरूले नियमित रूपमा सर्वेक्षण गर्दा खोप लगाउन नछुटेको पाएपछि ६ वटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बताउनुभयो ।
घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता खड्का पुनले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका र आम जनताको सकृयतामा पोषण मैत्री स्वास्थ्य चौकी, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुन सफल भएको बताउनुभयो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्नमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्यकर्मीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । यसलाई घोषणासँगै दिगोपनाका लागि ध्यान दिन जरुरी रहेको भनाइ उहाँको छ । स्वास्थ्य क्षेत्रका कार्यक्रमहरू पालिकाले गर्दै आएको समेत उहाँले बताउनुभयो ।
यसैगरी, कार्यक्रममा पोषणमैत्री स्वास्थ्य चौकी तथा पूर्ण खोप सुनिश्चितता वडा घोषणा कार्यक्रममा पु¥र्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै सरिकोट स्वास्थ्य चौकी इन्चार्ज बलिभान बिष्ट, छत्रेश्वरी गा.पा. ५ निवासी प्रकास नेपाली लगायत ४ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाइ प्रशंसा पत्र वितरण गरिएको थियो । साथै, आ.ब. २०७९÷०८० मा पोषणका सबै सूचकहरु पुरा गरी उत्कृष्ट स्वस्थ बालक छनौट हुने ४ जना बालबालिकालाई नगद रु पाँच हजार सहित सम्मानत्र प्रदान गरियको थियो ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu