त्रिशूली बस दुर्घटना: ज्यान गुमाउनेकाे संख्या ४ पुग्याे, सनाखत हुन बाँकी
धादिङ – बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ भने घाइतेहरुकाे संख्या १४ पुगेकाे छ। प्रहरीका अनुसार अहिलेसम्म ४ जनाकाे शव भेटिएकाे र सनाखत हुन बाँकी रहेकाे छ । साथै झण्डै २० जनाभन्दा बढी यात्रु हराइरहेकाे हुनसक्ने अनुमान प्रहरीले गरेकाे छ । बस सडकबाट त्रिशुलीमा खस्ने क्रममा झाडीमा अड्केका केही घाइतेहरु भेटिएका हुन् । सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ । त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ। घाइतेलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । सेना र प्रहरीले उद्धारको काम गरिरहेका छन् ।
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न