बन्यो वास सौचालय, हट्यो खानेपानीको समस्या
शंकर के सी / विभिन्न समस्या झेल्दै आएको सल्यान सिनवाङको भवानी माध्यामिक विद्यालयमा वास सौचालय तथा खानेपानीको ब्यवस्था भएको छ । कपुरकोट गाउँपालिकाको दुर्गम मानिने सिनवाङको छायाँनाथ स्थीत उक्त विद्यालयमा स्थानीय सरकारले विकासको अनुभुती दिलाएको स्थानीयले बताएका छन् । ‘खानेपानीको निकै समस्या थियो, तयो पनि गाउँपालिकाले हल गरिदिएको छ,’ भवानी माध्यामिक विद्यालयका प्रधानाध्यापक दल बहादुर खड्काले भने, ‘अहिले गाउँपालिकाकै सहयोगमा वास सहितको सौचालय निर्माण भएको छ ।’ उनका अनुसार यस अघि विद्यालयमा रहेका सामान्य खालका जीर्ण सौचालयमा लाइन लागेर दिशापिशाव गर्नुपर्दा विद्यार्थीले सास्ती ब्यहोर्नुपर्ने अवस्था थियो । कपुरकोट गाउँपालिकाको ७ लाख रुपैयाँ सहयोगमा दुई कोठाको वास सौचालय निर्माण भएको हो । गाउँपालिकाका इन्जीनियर भुपेन्द्र यरीले दुई दुई कोठा भनिएपनि त्यस भित्र छात्रा र छात्रको लागी छुट्टा छुट्टै दुई दुई वटा ट्वाइलेट सिट र कोठा रहेको बताए । उनले सौलालय बालवालिकामैत्री र सरसफाइसंग जोडिएको बताए । यहि स्टमेटको सौचालय कपुरकोट ५ को जीवनज्योती माध्यामिक विद्यालयमा पनि निर्माण गरिएको इन्जीनियर एरीले जानकारि दिए ।
४ सय ६३ विद्यार्थी संख्या रहेको भवानी माध्यामिक विद्यालयमा सौचालय निर्माण पनि धेरै सहज भएको प्रअ खड्काले बताए । गाउँपालिकाले सिनवाङको छायाँनाथ वस्ती र विद्यालयलाइ मध्येनजर गरेर ८ किलोमिटर टाढाबाट खानेपानी पनि ल्याइदिएको छ । स्थानिय पूर्ण सिंह बोहोराले वर्षाैँदेखिको खानेपानी समस्या र विद्यालयका समस्या हट्दै गएको भन्दै खुसि ब्यक्त गरे । उनले भने, ‘निकै टाढाबाट गाउँपालिकाले वस्ती सम्म खानेपानी ल्याइदियो, स्कुलमा पनि खानेपानीको निकै समस्या थियो, त्यो पनि हल भयो । स्थानीय सरकार गाउँमा आएपछि परिवर्तनको महसुस भएको छ ।’
यसैविच कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, सडक लगाएतका समस्या समाधानमा आफुहरु अग्रसर रहेको बताए । विद्यालयहरुमा विभिन्न खालका समस्याहरु अहिले पनि रहेको भन्दै उनले भवानी माविमा अझै भवनको समस्या रहेको र यस वर्ष उक्त समस्यालाइ सम्बोधन गर्ने प्रयासमा आफु रहेको जनाए । यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले जनताको आवश्यकतालाइ प्राथमिकतामा राखेर योजनाहरु छनौट गरिएको भन्दै समृद्ध गाउँपालिका बनाउने अभियानमा आफुहरु रहेको बताइन् । योजना तथा कार्यक्रम अनुगमन समितीका संयोजक समेत रहेकी उनले कुनै पनि योजना दिगो, गुणस्तरिय बनाउनुपर्नेमा जोड दिदै निगरानीको पाटोलाइ प्रभावकारि बनाइएको दाबी गरिन् । निर्माण भइसकेका योजनाको रेखदेख र मर्मत सम्भारमा स्वयम उपभोक्ता सक्रिय बन्नुपर्नेमा बुढा मगरको जोड छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह