ईलाका प्रहरी कार्यालय सल्लीबजारको भवन शिलान्यास
इन्द्र बुढाथोकी, सल्याको बनगाड कुपिण्डे नगरपालिकाको इलाका प्रहरी कार्यालय देवस्थल सल्लीबजारको भवन आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । शिलान्यास जिल्ला प्रहरी कार्यालय प्रमुख DSP विरेन्द्र बहादुर शाहिले गर्नु भएको छ । शिलान्यास कार्यक्रम बोल्दै DSP शाहिले अब समयमा नै भवन सम्पन्न भएमा यसको स्तर वृद्धिमा थप बल पुग्ने र त्यसको लागि आफुले पहल गरि रहेको र सम्बन्धित बिभागमा प्रक्रिया अगाडि बढाएको समेत बताउनु भएको छ । उक्त क्षेत्रमा ख वर्गको प्रहरी चौकी हुदा त्यहाका जनतालाइ विभिन्न प्रकृतिका घटना हुदा समस्या हुने गरेको छ । जिल्ला प्रहरीला खबर गर्नु पर्ने अवस्था छ । अढाई तलाको १६ कोठे भवनको लागि कर्णाली प्रदेश सरकारको तर्फबाट २ करोड ३० लाख ७७ हजार ५ सय पैतीस रुपैयाको वजेट विनीयोजन गरिएको थियो । सोहि रकममा देव सिं निर्माण सेवा प्रा.ली कैलाली निर्माण कम्पनीका कृष्ण वहादुर स्वाँर र जिल्ला प्रहरी कार्यालय सल्यान विच मिती २०७६ जेष्ठ २४ गतेका दिन सम्झौता भइ मिती २०७७ जेष्ठ २३ गतेका दिन काम सम्पन्न गर्ने भनेर सम्झौता भएको छ ।

निर्धारित समयमै काम सुरुवात भएको छ । इलाका प्रहरी कार्यालय सल्लीवजारको कार्यालय ,व्यारेक, भवन मेस, शौचालय तथा स्नान गृह समेत निर्माण हुने भएको छ । भवन निर्माणको कामको जिम्मा लगेका देवसिह निर्माण कम्पनी प्रा लि का प्रो प्राइटर कृष्ण बहादुर स्वारका अनुसार समयमा काम सक्ने लक्ष्यका साथ कम्पनीले कामलाई तीव्रता दिएको जनाउनु भएको छ । १ वर्ष भित्रै काम सम्पन्न गर्ने निमार्ण कम्पनीको दावि छ । विगत लामो समय देखि इप्रका असुरक्षित अवस्थामा कार्यालय सञ्चालन हुँदै आएको थियो । अहिले सम्म भवन नहुदाँ जिर्ण घरमा भाडा तीरेर प्रहरिले सल्यान पश्चिमका नागरिको जनधनको सुरक्षा गर्दे आएको छ । आफु असुरक्षित आवस्थामा भए पनि प्रहरिले नागरिकको सुरक्षा प्रति वफादार भएको इलाका प्रहरि कार्यालय सल्लीवजारका ईन्चार्ज शुसिल रावलले जानकारि दिनु भएको छ ।समयमा काम सप्पन्न भएमा अर्को वर्ष आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्ने जनाएको छ ।

- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।