प्रदेश सरकारले छुट्यायो सल्यान मा १ अर्ब १२ करोड बजेट
बुद्धि पुन, कर्णाली प्रदेश सरकारले सल्यान जिल्लामा १ अर्ब रुपैँया बढी बजेट बिनियोजन गरेको छ । सल्यानको लागी चालु आर्थिक बर्ष २०७६र०७७ को लागी १ अर्ब १२ करोड ५३ लाख २७ हजार रुपैँया बजेट बिनियोजन भएको हो । कर्णाली प्रदेश सरकारका बिभिन्न मन्त्रालय अन्र्तगतका सल्यानमा पर्ने योजनाहरुको लागी बिनियोजन गरिएको बजेटमा पूर्बाधार बिकासलाई प्राथामिकता दिईएको छ । जसमा सडक, सिँचाइ, खानेपानी, तटबन्धन निर्माणका योजनाहरु प्राथामितामा परेका छन् । सल्यानको लागी प्रदेशको भौतिक पूर्बाधार मन्त्रालय अन्र्तगतका ८२ वटा योजनाहरु छनोटमा परेका छन् । जसमा ८७ करोड, ९१ लाख रुपैँया बिनियोजन भएको छ । यस्तै सामाजिक बिकास मन्त्रालय अन्र्तगतका २८ वटा योजनाहरु परेका छन । जसमा शैक्षिक क्षेत्रको सुधारलाई प्राथाकिता दिईएको छ भने ९ करोड ९० लाख रुपैँया बिनियोजन गरिएको छ ।सल्यानको लागी चालु आर्थिक बर्ष २०७६र०७७ को लागी १ अर्ब १२ करोड ५३ लाख २७ हजार रुपैँया बजेट बिनियोजन भएको हो । यस्तै उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्रालय अन्र्तगतका २७ वटा योजनाहरु परेका छन् । जसको लागी ७ करोड ९१ लाख रुपैँया बिनियोजन गरिएको छ । यस्तै भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतका ४३ वटा योजनाहरु समाबेश गरिएको छ । जसमा ६ करोड ८० लाख रुपैँया बिनियोजन गरिएको छ ।
जिल्लाको समग्र बिकासको लागी बिगतमा थोरै बजेट आउने तर धेरै काम गर्नुपर्ने भएकाले जनताले अपेक्षा गरेअनुसारको बिकास हुन सकेको थिएन् । देश संघियतामा गएसँगै प्रदेश सरकारबाट जिल्लामा बिकासे बजेटको ओईरो लागेको छ । प्रदेशका बिभिन्न मन्त्रालय सम्म जिल्लाबाट निर्बाचित जनप्रतिनिधिहरुको राम्रो पहुँच पुग्नु र प्रदेश सरकारको अर्थमन्त्री सल्यान प्रदेश सभा ‘ख’ बाट निर्बाचित प्रकाश ज्वाला बन्नुले पनि जिल्लामा धेरै बजेट आएको हो ।
मन्त्रालयगत बजेट बिबरण :

अहिले समग्र जिल्लाको बिकासको लागी थुप्रै बजेट जिल्लामा भित्रिएको छ । जनताको माग र आबश्यकताका आधारमा बिकास योजना छनोट गरेर बजेट बिनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनुभयो । टुक्रे योजना भन्दा पनि जनताले बिकासको महशुस गर्ने गरी ठूला र सडक पूर्बाधार किासयका योजनाहरु प्राथामिकता दिएको उहाँको भनाई छ । ‘सल्यानी जनतालाई बिकास चाहिएको छ, हामीले सबै क्षेत्रमा आबश्यकताका आधारमा बजेट बिनियोजन गरेका छौँ’ उहाँले भन्नुभयो । उहाँले खलंगा बालुवासंग्रही हुदैँ सुर्खेत जोड्ने सडक, लुहाम काभ्रा रामपुर हुदैँ सुर्खेत जोड्ने सडक, सल्लीबजार चौरहजारी हुदैँ मुसिकोट जोड्ने सडक र थारमारे रागेचौर हुदैँ चौरजहारी जोड्ने सडकलाई मूख्य प्राथामिकतामा राखिएको बताउनुभयो ।
उहाँले साउन महिना भित्रमा आबश्यक नयाँ निति निर्माण तथा संशोधन गरेर भदौँ १ गते देखी योजना कार्यान्वयन गर्न शुरु गरिने बताउनुभयो । ‘योजना हेरेर उपभोक्ता समिती र टेण्डर प्रक्रियाबाट काम शुरु गरिने छ, यसको लागी कात्र्तिक महिना देखी निर्माण र सामाग्री खरिदको काम शुरु हुन्छ’ उहाँले भन्नुभयो ‘समयमा नै योजनाहरु सम्पन्न गर्नको लागी प्रदेश सरकार लागी परेको छ ।’ मन्त्री ज्वालाले जिल्लामा भित्रिएको बजेटको सहि सदुपयोग हुने बिश्वास ब्यक्त गर्दै आगामी दिनहरुमा बजेटको आकारलाई झन् बढाउदैँ लैजानले बताउनुभयो ।
यस्तै सल्यान प्रदेश सभा ‘क’ बाट निर्बाचित प्रदेशसभा सदस्य गुलावजंग शाहले जिल्लाको समग्र बिकासको लागी थुप्रै बजेट भित्रिएको बताउनु भएको छ । उहाँले जिल्लामा भित्रिएको अर्बौ बजेटको सही तरिकाले कार्यान्वयन गर्नुपर्नेमा बताउनु भएको छ । ‘जिल्लामा धेरै बजेट भित्रिएको छ, अब यसको सहित तरिकाले र समयमा नै कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा चुनौँती छ’ उहाँले भन्नुभयो ‘सरकारले समयमा नै कार्यबिधि बनाएर बजेट कार्यान्वयनमा सक्रिय हुुनुपर्छ ।’
बर्षौ देखी बिकासको आसमा बसेका जिल्लाका नागरिकहरु प्रदेश सरकारले जिल्लामा पठाएका बजेटले खुसी भएका छन् । अबका दिनमा बिकास निर्माणका कामहरुले तिव्रता पाउने उनीहरुको अपेक्षा छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह