सल्यानको एक वडामा मंसिर १४ गते उपनिर्वाचन हुने

२२ श्रावण २०७६, बुधबार ०९:१४ मा प्रकाशित

मंसिर १४ गते तिनै तहको उपनिर्बाचन हुदैछ । सल्यानको रिक्त रहेको एउटा स्थानिय तहमा निर्वाचन गराउने भएपछी सल्यानमा पनि उपनिर्वाचन हुदैछ ।
जिल्लाको कुमाख गाउँपालिकाको वडा नम्बर ५ मा रिक्त वडा अध्यक्षको पदमा निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकारी हरीबहादुर बुढाथोकीले बताएका छन।
वडा नम्बर ५ का वडा अध्यक्ष हरीप्रकाश बुढाथोकी जिल्ला समन्वय समिती सल्यानको उपप्रमुखमा निर्वाचित भएपछी त्यहा वडा अध्यक्षको पद रिक्त रहेको थियो। उनी तत्कालीन नेकपा माओबादीबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए।
बुढाथोकी अत्याधिक मतका साथ अध्यक्षमा निर्बाचित बनेका थिए।१८ सय ५३ जना मतदाता रहेको वडामा बुढाथोकीले ७ सय ८८ मत ल्याएर बिजयी भएका थिए।उनका प्रतिद्वन्द्वी तत्कालीन एमालेका अमृत बहादुर शाहले २ सय २९ नेपाली कांग्रेसका उम्मेद्बार  खड्क बहादुर बोहराले १ सय ८० मत पाएका थिए।
उक्त वडामा अहिले २२ जनाले थप मतदाता नामावलि भरेपछी अहिले १८ सय ७५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सरकारले उपनिर्वाचनको मिति घोषणा गरेपछी यहि साउन १६ गतेदेखि मतदाता नामावली संकलन कार्य रोकिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
१८ बर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम समापस भएकाले मात्र यस उपनिर्वाचनमा भाग लिन पाउने छन ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu