दाङमा १७ जना सवार बस दुर्घटना

   
त्रिवेणी अनलाइन
२१ श्रावण २०७६, मंगलवार १४:१५ मा

दाङ तुलसीपुरदेखि नारायणगढ जाँदै गरेको बस घोराही १० गुज्रे खोलामा दुर्घटना भएको छ । करिब १७ जना यात्रु बोकेर हिडेको ना ६ ख ६४३१ नम्बरको बस आज दिउँसो पौने १ बजे दुर्घटना भएको हो । दुर्घटनामा परि आधा दर्जन यात्रु घाइते भएका छन ।घाइतेहरु लाई अहिले घोराही र तुलसीपुरका अस्पतालमा लगिएको छ ।

तिब्र गति र ओभरट्याग गर्न खोज्दा गाडी दुर्घटना भएको यात्रुले बताएका छन् । गाडी चालक फरार भएको प्रहरीले जनाएको छ । बस सडकदेखि १० मिटर तल खेतमाा खसेको छ ।

तपाइँको प्रतिक्रिया
Array