त्रिवेणी गाउपालिकाले गर्याे ५४ घरधुरीलाई सोलार बितरण

त्रिबेणी गाउँपालिका सल्यानले आर्थिक रुपमा विपन्न तथा दलित समुदायका परिवारलाई सौर्य उर्जा अन्तरगत सोलार सेट बितरण गरेको छ । त्रिबेणी गाउपालिकाको वडा नं ६ लुहाममा एक कार्यक्रमका बिच गाउपालिका अध्यक्ष मान बहादुर डांगीले उक्त सोलार सेट बितरण गर्नुभएको हो ।


गाउमा बिद्युत पुगेपनी आर्थिक अबस्था कमजोर भई मिटरबक्स समेत किन्न नसक्ने परिवारहरु भएकोले गाउपालिका भित्रका ६ वडाका प्रतेक वडा बाट ९ जना गरी ५४ घर परिवारलाई ५ वटा बल्भ तथा मोबाईल चार्ज गर्न सकिने ५० वाटको सोलार सेट बितारण गरिएको हो । यस अघि महंगो मुल्यमा मटितेल किनेर टुक्ली बाल्दै आएकी वडा नं. ६ कि बिमला नेपालीले आफुले सोलार पाएपछि खुसी भएको बताउनु भयो ।
यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने गाउपालिका अध्यक्ष मान बहादुर डागीले बताउनु भयो ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






