राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिस्ठान सल्यानको अध्यक्षमा खड्का चयन
राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिस्ठान जिल्ला शाखा सल्यानको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार त्रिवेणी गाउँपालिकाको लुहाममा भएको अधिवेशनले गीता खड्काको अध्यक्षतामा २२ सदस्यीय जिल्ला कार्यसमिती चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा प्रेमनारायण वि.क., द्वितीय उपाध्यक्षमा डिल्ली थापा र महिला उपाध्यक्षमा दिपा ओली रहेका छन् । त्यसैगरी सचिवमा नोखिराम थापा, सह-सचिव रेशम डाँगी, कोषाध्यक्ष मन बहादुर पुन र सह-कोषाध्यक्ष पुर्णा रेउले रहेका छन् । सदस्यहरू रेमशकुमार रसाईली, मान बहादुर खत्री, अमृत बाबू बुढाथोकी, रमेश रेग्मी, रमेश ओलि, तारा बुढाथोकी, मातृका प्रशाद डि.सि, गितान्जलि गिरी, अमर बोहरा, सन्तोष रेग्मी, सीता शाही, ईन्द्रा वि.क, ईश्वरी रावत, शुसिला बुढा रहेका छन् । सदस्यमा रहेका रेमशकुमार रसाईली बागचौर नगरपालिका र मान बहादुर खत्रीलाई कुमाख गाउँपालिकाको संयोजक तोकिएको छ । प्रतिस्ठानका निवर्तमान जिल्ला अध्यक्ष यम थापाको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी प्रतिस्ठानका केन्द्रीय सचिव कृष्ण रेउले, गाउँपालिका उपाध्यक्ष करुण खड्का लगाएतको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रतिस्ठानका सचिव रेउलेले लोक सांस्कृती बचाउन नव कार्य समितीले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । उनले स्थानीय तहहरुले पनि आफ्नो मौलिक सांस्कृतीलाई बचाउन आग्रह गरे । बेला बखतमा हुने आफ्नो क्षेत्रको सांस्कृती झल्कीने कार्यक्रम गर्न प्रतिस्ठान जिल्ला शाखाले काम गर्ने र स्थानीय तहले सहयोग गर्न उनको आग्रह छ । गाउँपालिका अध्यक्ष डाँगीले आफ्नो सांस्कृती बचाउन त्रिवेणी गाउँपालिका सधै लागिरहने बताए । उनले बेलाबखतमा यस्ता कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि सहकार्य र सहयोग गर्ने बताए ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






