नगरको केन्द्र भनिएको स्वास्थ्य चौकिमै छैन ल्याव सेवा
दुर्गा वि.सी.
सल्यानको बनगाड कुपिण्डे नगरपालीकामा विरामीका लागि सामान्य ल्याव सेवासँगै एक्सरे नहुदाँ स्थानीय मर्कामा परेका छन् । नगरको केन्द्रविन्दु सल्लीबजारमा सब खाले सेवा सुविधायुक्त अस्पतालको खाँचो छ ।
सामान्य सादा एक्सरे तथा ल्याव टेष्टको लागि मात्रै भएपनि यहाँका स्थानिय सुर्खेतको मेहलकुना धाउनुपर्ने बाध्यता छ । प्रायः नगरका वडाहरुमा रहेका स्वास्थ्य चौकीहरुले सामान्य विरामीको उपचार र सल्लाह बाहेक तत्काल अन्य औषधी गर्न सक्ने अवस्था छैन् । जटिल विरामी चेकजाँच तथा रिफरको अन्य कुनै विकल्प नभएको स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको भनाई छ ।
नगरको केन्द्रमा सुविधायुक्त १५ सैयाको अस्पतालको आवश्यकता रहेको नगर स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले वताए । नागरिकलाई सामान्य उपचारको लागि समेत वाहिर पठाउनुपर्ने हामी कहाँ वाध्यता छ, हामीसँग विशषज्ञ चिकित्सकसँगै चेकजाँचको लागि प्राविधीक टोलि र सर सामानको अभाव छ, विशषज्ञ डाक्टर सहित १५ सैयाको नगरको केन्द्रमा अस्पताको खाँचो रहेको पोख्रेलको भनाई छ ।
समान्य विरामी पर्दा यहाँका नागरिकलाई बाहिर पठाउनु पर्ने वाध्यता त छदैछ तर अर्को समस्या नगरमा हुने घटनाहरूको पोष्टमार्टमको लागि समेत डाक्टरको नितान्त खाँचो छ । डाक्टर नहुदाँ विरामी वाहिर रिफरसँगै मृतकलाइ समेत बहिर पठाउनुपर्ने बाध्यता छ । नगरमा राम्रो सुविधायुक्त अस्पतालसँगै स्वास्थ्य चौकि नभएका वडा २, ४, ६, ८ र ११ नं. वडाहरुमा स्वास्थ्य चौकिको खाँचोे छ । उक्त वडाहरुमा स्वास्थ्य चौकि नहुदाँ नागरिकले सिटामोल समेत पाउन सकिरहेका छैनन् । समान्य ज्वोरो, पखाला र परार्मशको लागि समेत अर्को वडाको स्वास्थ्य संस्थामा धाउनुपर्ने समस्या छ । जनप्रतिनिधीको इच्छा शक्ती भएमा नगरमा सुविधायुक्त अस्पताल निर्माण कार्य अघि बढ्न सक्ने स्थानीय बताउँछन् ।
यहि नगरका मन्त्री, यहि नगरका संसद, यहि नगरका केन्द्र हलाउने नेतृत्व हुदाँहुदै समेत नागरिक समान्य उपचारको लागि वाहिर जानुपर्ने अवस्थाको रहेको छ । बनगाड कुपिण्डेका नागरिकले भरपर्दो स्वास्थ्य उपचार कहिले पाउने हुन सवैको चासो र चिन्ताको विषय बनेको छ ।
पहुँचवालाको नेतृत्व हुदाँ समेत नगरमा एउटा समान्य अस्पताल नहुनु भनेको लज्जाको विषय बनेको छ । जिल्लाका अन्य क्षेत्रमा स्वास्थ्य चौकिहरुको स्तरवृद्धि भईरहँदा नगरका स्वास्थ्य संस्थाहरुको सेवा भने ह्रासउन्मुख अवस्थामा रहेको स्थानीयको दुखेसो छ ।
- सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट
- नेपाल निजामति कर्मचारी युनियन त्रिवेणीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
- सल्यानको त्रिवेणीमा टि.भि. हेर्न आएकी पाँच वर्षिया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
- त्रिवेणी गाउपालिका वडा नं. ६ द्धारा विपन्न ६० जना बालबालिकालाई शैक्षिक साम्रगी वितरण
- सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु
- सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम काभ्रामा सम्पन्न