शहिद नेत्रलाल अभागी प्राविधिक शिक्षालयको भवनको शिलान्यास
पदम गिरी
शहिद नेत्रलाल अभागी प्राविधिक शिक्षालय शारदा नगरपालिका ४ सल्यानको २ कोठे भवनको बुधबार शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि प्रकाश ज्वालाले भवनको शिलान्यास गुर्नभएको हो ।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्रि प्रकाश ज्वालाले विकासमा राजनिति गर्न नहुने भन्दै यस्ता खाले विकासमा सबैले हातेमालो गरेर लाग्नु पर्ने बताउनु भयो । यस शिक्षालयको निम्ति आफुले प्रदेश सरकारमा बाट संचालनको लागि आवश्यक पर्ने शैक्षिक पुर्वाधारमा आफुले जोड दिएको र यस शिक्षालय लाई शैक्षिक हवको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
शहिद नेत्रलाल अभागी प्रतिष्ठानका अध्यक्ष समेत रहेका मन्त्रि ज्वालाले यस क्षेत्रका विद्यार्थीहरु अध्ययनको लागि जिल्ला बाहिर गएर अध्ययन गर्ने बाध्यता हटेको र शिक्षालयको निम्ती निशुल्क जग्गादान गर्नुहुने जग्गादाताहरुलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा शारदा नगरपालिकाका उप प्रमुख सावित्रा बस्नेतले यस शिक्षालयको पहिलो बैठकमा आफु उपस्थित भएको र अहिले शिलान्यास कार्यक्रममा उपस्थित हुन पाउदा अर्को इट्टा थप भएको महशुस गरेको र यस शिक्षालयले यस क्षेत्रमा शैक्षिक क्षेत्रमा उल्लेख्य सुधार गर्ने धारण ब्यक्त गर्नुभयो ।

३३ लाख ६८ हजारमा निमार्णको जिम्मा पाएको भगवती कन्ट्रकसनले योजना शुरु भइको ६ महिनामा सम्पन्न हुनेपर्ने योजना आफुले २ महिनामा सम्पन्न गर्ने कन्ट्रक्सनका प्रोपाइटर जिमजियाङ राई (जिम्बा)ले बताउनु भयो ।
३० जना विद्यार्थीले अध्ययन गरिरहेको शिक्षलयमा यस वर्ष देखी ८८ जना विद्यार्थीले अध्ययन गरिरेहका छन् । डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा इग्रीकल्चर (पशु विज्ञान) मा पठन पाठन भइरहेको छ ।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी तथा शिक्षालय संचालक समितिका अध्यक्ष चुडाराज न्यौपाने, कर्णाली प्रदेश प्राविधिक तथा ब्यवसायिक तालिम परिषदका प्रमुख मोहन बहादुर कार्की, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख बिरेन्द्र शाही, सशस्त्र प्रहरी गुल्म सल्यानमा प्रमुख बिमल डाँगी, शिक्षालयका प्रिन्सिपल कृष्ण विर नेपाली, वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधि, विद्यार्थि, पत्रकार, स्थानिय लगाएतको सहभागिता रहेको कार्यक्रमको संचालन इन्द्र शर्माले गर्नुभएको थियो । ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







