बिषालु च्याउ खाँदा रोल्पामा तीन आमाछोरीको मृत्यु

   
त्रिवेणी अनलाइन
१३ श्रावण २०७६, सोमबार १७:३१ मा

रोल्पाको लुङग्री गाउँपालिका वडा नं. ६ पाटेगुम्चालमा बिषाली च्याउ खाँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । २५ बर्षीयाा फुर्मली बुढाथोकी, उहाँकी छोरी सात बर्षीया सुनिता बुढाथोकी र छोरा तीन बर्षीयाा पुस्कर बुढाथोकीको मृत्यु भएको हो ।
साउन ८ गते बिषादी च्याउ खाई बिरामी भइ उपचारको लागि लगेकोमा पुस्करको साउन ११ गते, सुनिताको १२ गते र आमा फुर्मलीको १३ गते मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तीन जनाको निधन भएको खबर प्राप्त भएपछि प्रहरी चौकी झिलाङ्निलेबाट प्र.स.नि. हरिबहादुर सुनारको नेतृत्वमा प्रहरी खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया
Array