सर्वे भएको ४० वर्षसम्म बनेन पुल जोखिम मोलेर खोला तर्दै स्थानिय
सल्यान । सल्यानको सिन्दुरेमा सर्वे भएको ४० वर्षसम्म पनि पुल बन्न सकेको छैन् । छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ अर्थात साविकको दमाचौर गाविसमा पर्ने सिन्दुरेमा ४० वर्षसम्म पनि झुलुङ्गे पुल नहुँदा स्थानीयबासी फेट्केको सहारामा जोखिम मोलेर खोला तर्न बाध्य छन् । वर्षामा बाढि आउदा फट्केको भरमा वारपार गर्दै आइरहेको स्थानीय वेद बहादुर चन्दले बताए । उनले भने ‘विद्यालय जाने बालबालिका, वडा कार्यालयमा जाने सेवाग्राही र दैनिक कामकाज गर्न वारपार गर्ने सर्वसाधारण फट्केको भरमा वारपार गर्दै आई रहेका छन् ।’ धोबाटे खोलामा पुल नहुँदा अहिलेसम्म खोलाले बगाउदा एक जनाको ज्यान गई सकेको छ भने थुप्रै पशुचौपाया मरि सकेका छन् । खोलामा पुल बनाउने भनेर २०३६ सालमा सर्वे भएको भएपनि अहिलेसम्म पुल बन्न नसकेको अर्का स्थानीय होमराज मल्लले बताए । उनले भने ‘बुढापाकाको भनाई अनुसार खोलामा पुल बनाउने भनेर २०३६ सालमा सर्वे भएको होरे तर अहिलेसम्म सर्वे सकिएको छैन ।’ सल्लाको काठबाट बनाइएको फट्के वर्षाको भेलले बगाउने तथा अर्को वर्षसम्म कुहिने गरेको मल्लको भनाई छ । सिन्दुरेमा मात्रै दुई सयभन्दा बढि परिवारको बसोबास उनीहरुको खोला तर्ने साहारा यहि फट्केको हो उनले भने । फट्के तर्दा बालबालिका, बृद्धवृद्धा, गर्भवति महिला फट्केबाट खोला तर्न निकै डराउने गरेको उनले बताए । उनले भने ‘वडा कार्यालय, बजार र स्वास्थ्य संस्था जानका लागि पनि यो खोला पार गरेर जानु पर्ने हुन्छ तर अहिलेसम्म यो ठाउँमा पुलका बारेमा ध्यान दिएका छैनन् ।’ तस्बिर : बिष्णु चन्द
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







