मालपोत कार्यालय सल्यामा २०७५/०७६ मा पौने तीन करोड राजश्व संकलन

११ श्रावण २०७६, शनिबार १२:३६ मा प्रकाशित

हिमाल शर्मा, सल्यान । जिल्ला मालपोत कार्यालय सल्यानले आर्थिक वर्ष २०७५/०७६ मा पौने तीन करोड राजश्व संकलन गरेको छ । मालपोत कार्यालय सल्यानबाट विभिन्न लिखतहरुबाट दुई करोड ७२ लाख ८९हजार पाचँ सय ४५ रुपैयाँ राजस्व संकलन भएको मालपोत कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख शोभाकर न्यौपानेले जानकारी दिए । उनका अनुसार मालपोत कार्यालयबाट पारित हुने राजीनामा, बकसपत्र, नामसारी, अशंवण्डा घरकायम, नाम संशो धनबाट गरी दुई करो ड ७२ लाख ८९हजार पाचँ सय ४५ रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा मालपोत कार्यालय सल्यानबाट ६ हजार रजिष्ट्रेशन लिखत पारित भएको थियो । नेपाल सरकारले मालपोत कार्यालय सल्यानबाट छुट पाउने महिला, दलित, अपाङ्गलाई गरी एक हजार नौ सय २ जनालाई गरी ३२ लाख ३० हजार चार सय २९ रुपैया छुट दिएको मालपोत कार्यालय सल्यानका खरिदार दिपक वुढाथोकीले जानकारी दिए । नामसारी पाँच सय ६८ अदालतको आदेशवाट ५१ वटा दाखा, हकसफा मुद्धामा मिलापत्र गरेको मिसिल संख्या चार थान,नाम संशो धन एक सय ६०, शेषपछिको वकसपत्र दा।खा ५ जना लगत कट्टा ७, वे जिल्लाको लिखत दाखा दुइ वटा लिखत पास गरेको उनले बताए । शहरी महिला ८ सय जना, ग्रामीण महिला ६ सय जना गरी एक हजार चार सय जनालाई गरी २७ लाख २७ हजार आठ सय ६८ रुपै याँ छुट दिइएको उनले बताए । यसैगरी शहरी दलित तिन सय ३२ जना ग्रामीण दलित १ सय ६९ गरी जम्मा पाचँ सय १ जनालाई ।पाच लाख १ हजार पाच सय ६१ रुपैया छुट दिएको छ । अपाङ्ग एकजनालाई छुट रकम एक हजार गरी सबै लिखतवाट दलित महिला अपांग लाई गरी जम्मा ३२ लाख ३० हजार चार सय २९ रुपैया छुट दिएको मालपोत कार्यालय सल्यानका निमित्त मालपोत अधिकृत शोभाकर न्यौपानेले जानकारी दिनु भयो

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu