दार्मा गाउपालिकाको झ्यारिबाङमा स्वास्थ इकाइ उद्घाटन
प्रकाश शर्मा, सल्यानको दार्मा गाउपालिका वडा न २ झ्यारिबाङमा स्वास्थ इकाइ उदघाटन गरियको छ । दार्मा गाउपालिका अध्यक्ष निम बहादुर केसि र उपाध्यक्ष टीका शर्मा ले सयुक्त रुपमा ब्यानर खोलेर उदघाटन गर्नु भयको हो । स्वास्थ्य इकाई बाट दार्माका गाउँपालिकाका वडा नं १,२,६ का स्थानियलाई सेवा लिन सहज हुनेछ । नेपाल सरकार बाट ३५ प्रकारका औषधी पाइने र सो अनुसारका रोगहरुको उपचार हुने इकाई प्रमुख बिरेन्द्र केसि ले जानकारि दिनु भयोे छ ।
कार्यक्रम लाई संबोदन गर्दै अध्यक्ष निम बहादुर केसीले दर्माली जनताले प्रत्यक्ष लाभ हुने गरि सेव दिन निर्देषण दिनु भयो । फरक प्रसंगमा बोल्दै अध्यक्ष केसीले अबका केही दिनमै गाउपलिकाको केन्द्र फारुला मा बिजुलि बत्ति बल्ने र बाकि वडाहरुमा एक वर्षमा बिजुली बत्ति बालिने बताउनु भयो । आफु दार्माको सम्मृद्धको अभियानमा रहेको र सबैलाइ अभियानमा सहयोग पु¥याउन अपिल गर्नु भयो । यस्तै उपाध्यक्ष शर्माले सरकारले गरेको कामको संरक्षन जनता हुने र जनताको आकाङ्क्षा अनुसार काम भैरहेको र गलत कामको खबरदारि जनताले गर्नु पर्ने बताउनु भयो ।स्वास्थ्य इकाईको लागि निशुल्क जग्गा दिनुहुने दार्मा गाउँपालिका वडा नं. २ झ्यारिबाङ्का गमान पान्डे लाई कार्यक्रममा सम्मान गरियको छ । वडा नं २ का अध्यक्ष डिल्ली बहादुर केसीको अध्यक्षता मा भएको कार्यक्रम को सहजिकरण इकाई प्रमुख बिरेन्द्र केसि ले गर्नु भयको थियो ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।