त्रिवेणी गाउँपालिकाद्धारा ५० प्रतिशत अनुदानमा बाख्रा वितरण कार्यक्रम सम्पन्न ।
सल्यानको त्रिवेणी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई ३४ वटा बाख्रा तथा २ वटा उन्नत जातका बोका वितरण गरेको हो । यस्तै खोर सुधार कार्यक्रम अन्तर्गत ४ वटा खोरहरुमा ८५ प्रतिशत अनुदान दिएको छ । विहिबार एक कार्यक्रमको आयोजना गर्दै उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लि.को सहजीकरणमा गाउँपालिकाले करिब ७ लाख बराबरका बाख्रा, बोका तथा औषधी वितरण गरेको हो । किसानले उत्पादन गरेका खसी बोका विक्री गरेपावत गाउँपालिकाले थप प्रतिकिलो २० रुपैया दिदै आएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताउनु भयो । साथै बाख्राहरुको बिमा पालिकाले गरिदिने भन्दै बाख्राहरुको राम्रो सङ्ग पालनपोषण गरि आत्मनिर्भर बन्न समेत आग्रह गर्नुभएको छ । कार्यक्रममा वडा नं. ५ का वडाअध्यक्ष विमल रावतले किसानहरुको मागलाई मध्यनजर गर्दै अनुदानका कार्यक्रमहरु ल्याइएको बनाउनु भयो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले पालिकाले दिएको भनेर अवहेलना नगरी मनग्य आम्दानी लिन अनुरोध गर्नुभयो । साथै पालिकाले विभिन्न समयमा अनुगमन गर्ने भएकोले दुरुपयोग नगर्न अनुरोध गर्नुभएको थियो । गाउँपालिका सदैव किसानमैत्री भएको उहाँले बताउनु भयो ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह