सल्यानमा विषालु च्याउ खाँदा १२ जना बिरामी, २ जनाको रिफर
सल्यान । सल्यानमा विषालु च्याउ खाएर १२ जना बिरामी भएका छन् । यो अस्पतालमा आउनेहरुको तथ्याङ्क हो । जिल्ला अस्पताल सल्यानका अनुसार गएको १५ दिनको अवधीमा विषालु च्याउ खाएर सल्यानमा १२ जना बिरामी भएका हुन् । बिरामी मध्ये २ जना गम्भीर छन् । जसको प्रारम्भिक उपचार पछि नेपालगञ्ज रिफर गरिएको सल्यान अस्पतालका डाक्टर प्रदिप शर्माले जानकारी दिए । साउन ४ गते जिल्ला अस्पतालमा बेहोस अवस्थामा आएका बागचौर नगरपालिका ४ पेदिखोलाका टोप बहादुर बस्नेत र साउन ९ गते बनगाड कुपिण्डे ९ जैतपानीका खिम बहादुर बुढाथोकीलाई रिफर गरिएको हो । च्याउ खाएर बेहोस अवस्थामा सल्यान अस्पताल सम्म आएका उनिहरुलाई अस्पतालमा प्रारम्भिक उपचार पछि नेपालगञ्ज रिफर गरिएको डाक्टर शर्माले बताए । यो बेला जंगलमा पाइने च्याउमा विष हुने भएकाले जंगली च्याउन नखान डाक्टर शर्माले सर्वसाधारणमा अनुरोध गरेका छन । उनले भने, “बर्षा लाग्दा पाइने देख्दा खाना मिल्ने जस्तै रंग मिसिएको वा रुखमा भएको च्याउ खाएमा त्यसले असर गर्ने भएकाले जंगली च्याउ नखाँदा नै हुन्छ ।” उपभोक्ताले कस्तो च्याउ खाने त भन्ने प्रश्नमा डाक्टर शर्माले जंगली कुनैपनि च्याउ नखान सुझाव दिएका छन । च्याउ खाएर विरामी भएपछि उपचारमा ल्याउने विरामीहरुलाई चुक र दहि तथा अन्य घरेलु खानेकुरा खुवाएको पाइयो भन्दै उनले त्यसो नगर्न भनेका छन । उनले बेहोस मान्छेलाई चुक तथा दहि खुवाउन थाल्दा त्यो चिज फोक्सोमा गएरर असर गर्ने भएकाले सचेत बनेर अस्पताल लिनुपर्ने सुझाव दिएका हुन । एकदमै विषालु च्याउ भएमा मृगौला तथा कलेजो सम्म फेल हुनसक्ने भएकाले सजग रहनुपर्ने उनले बताए ।
Source : Online Tahalka
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह