त्रिवेणी गाउँपालिकाको सार्वजनिक सुनुवाई काभ्रामा सम्पन्न

१३ चैत्र २०७९, सोमबार १९:३५ मा प्रकाशित

स्थानीय तह र नागरिकहरुका बीचमा दोहोरो सम्वाद स्थापित गर्न सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि त्रिवेणी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. १ र २ को कार्यक्रम वडा कार्यालय भवन काभ्रामा सम्पन्न गरेको छ । त्रिबेणी गाउँपालिका कार्यपालिका लुहाम सल्यानको कार्यालयबाट प्रवाह भइरहेको सेवा, विकास निर्माण, बजेट, भौत्तिक पूर्वाधार निर्माण, समाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन र सरसफाइ लगायतका विविध विषयमा जनताहरुलाइ सुशासनको प्रत्याभूति दिन र आम जनमानसमा स्थानीय सरकारलाइ सफल एवम सबल संस्थाको रुपमा स्थापित गर्नका लागि त्रिबेणी गाउँपालिकाले सार्वजनिक सुनवाई सम्पन्न गरेको हो । वडा नं. १ को कार्यालय बाट आर्थिक वर्ष २०७९।८० को दोस्रो चौमासिक सम्म सम्पादन गरिएका काम कारबाहि÷विकास योजना÷विभिन्न कार्यक्रमहरु तथा सेवा प्रवाहको बारेमा वडा सचिब धन बहादुर पुनले समिक्षागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

No description available.
यस्तै वडा नं. २ को कार्यालयबाट आर्थिक वर्ष २०७९।८० को दोस्रो चौमासिक सम्म विभिन्न कार्यक्रमहरु तथा सेवा प्रवाहको बारेमा वडा सचिब लोक बहादुर राम्जाले समिक्षागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

No description available.

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको बजेट, कार्य प्रगति विवरण लगायतका विषयमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले उपस्थीत सेवाग्राहि तथा सरेकारवालाहरुलाई जानकारी गराउनु भएको थियो ।

No description available.

कार्यक्रममा जवाफदेही वक्ताको रुपमा योजना शाखाबाट अमरसिंह बबाल, प्राविधिक शाखाबाट ई. शिबराज गोसाई, शिक्षा शाखा बाट दल बहादुर राना, कृषि शाखा प्रमुख लक्ष्मी चन्द बबाल, पशु शाखा प्रमुख वसन्त रावत, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख वसन्ता वली, त्रिबेणी गाउँपालिकाका वडा नं १ र २ का वडा सदस्यहरु रहनु भएको थियो । कार्यक्रममा निवर्तमान वडाअध्यक्ष, शिक्षक, विद्यार्थी, विभिन्न वन समुहका प्रमुख, उपभोक्ता समुहका अध्यक्ष एंव प्रतिनिधीहरु, महिला स्वास्थ्य स्वंयसेविका लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

No description available.

 

कार्यक्रमका सहभागीले उठाएका प्रश्न तथा जिज्ञासाहरुको प्रमुख प्रशासकीय अधिकृत, राम बहादुर बुढा, गाउँपालिका अध्यक्ष खिम बहादुर रावत , उपाध्यक्ष सिता खड्का पुन, वडा नं. १ वडा अध्यक्ष दल बहादुर बस्नेत, वडा नं. २ का वडा अध्यक्ष हस्त बहादुर राम्जा र सम्बन्धीत शाखा प्रमुखहरु जवाफ दिनु भएको थियो ।

No description available.No description available.

कार्यक्रमको सहजिकरण त्रिवेणी अनलाइनका पत्रकार उत्तर कुमार साहुले गर्नुभएको थियो ।

No description available.

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu